प्रा.डा केसीको अनशन दुई साताको लागि स्थगित

69
  •  
  •  
  •  

काठमाडौं, २७ साउन (ओएनएस) :  प्रा. डा. गोविन्द केसीले सरकारको आग्रहपछि दुई साताका लागि अनशन स्थगित गरेका छन् । बुधबारदेखि आमरण अनसनमा बस्न लागेका केसीले राष्ट्रिय योजना आयोगगका उपाध्यक्ष गोविन्द पाखरेसहितको टोलीले शिक्षण अस्पताल पुगेर डा. केसीलाई भेटेपछि अनशन स्थगित गरेको हो ।

पाखरेलको टोलीले माथेमा आयोगको प्रतिवेदन कार्यान्वयन गर्न समिति बनेको र समितिले काम थालिसकेको भन्दै अनशन रोक्न आयोगको उपाध्यक्षले आग्रह गरिएको बुझिएको छ ।

प्रा. डा. केसीले जवाफमा भदौ ७ गते सोमबारसम्म हेर्ने र प्रतिवेदन कार्यन्वयन नभएमा पुन आन्दोलन गर्ने बताएको छ ।


  •  
  •  
  •