डा.केसीको अवस्था जटिल, रक्तचाप अत्यधिक घट्यो

129
  •  
  •  
  •  

काठमाडौं । २४ दिनदेखि अनसनरत डा.गोविन्द केसीको स्वास्थ्यवस्था जटिल बन्दै गएको चिकित्सकहरुले बताएका छन् । उनको शरीरमा अत्यावश्यक तत्वहरुको कमी हुनाको साथै रक्तचाप पनि कम हुँदै गएको छ।

बुधबार बिहान डा.केसीको रक्तचाप ७०-५० मापन गरिएको उपचारमा संलग्‍न डा. सुवास आचार्यले बताए । उनका अनुसार जुनसुकै समयमा आईसीयूमा राखेर उपचार गर्नुपर्ने अवस्था देखिएको छ ।
डा.केसीले गत भदौ २९ देखि जुम्लाबाट अनसन शुरु गरेका थिए। बुधबार उनको अनसनको २४ औं दिन पुगेको छ।


  •  
  •  
  •