डा. केसीलाई अनशन तोड्न नेकपाको आग्रह

125
  •  
  •  
  •  

काठमाडौं । स्वास्थ्य र चिकित्सा शिक्षाको सुधार माग राख्दै २३ दिनदेखि अनशनरत डा.गोविन्द केसीलाई अनशन तोड्न सत्तारुढ नेकपाले आग्रह गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार बसेको सचिवालय बैठकले डा.केसीलाई अनशन अन्त्य गर्न आग्रह गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए ।
प्रवक्ता श्रेष्ठका अनुसार सरकारले डा.केसीलाई अनशन अन्त्य गर्न निम्ति गरेको अनुरोधसहितको जानकारी बैठकमा प्रधानमन्त्री ओलीले गराएका थिए ।

फाइल तस्बिर

उनले भने, ‘डा. गोविन्द केसीले चिकित्सा क्षेत्र सुधारका क्षेत्रमा जुन–जुन विषय र मुद्दा उठाउनु भएको थियो, त्यसलाई पुरा गर्ने गरी सरकारले सम्झौता र्गयो । र, कार्यान्वयनको प्रक्रिया अगाडि बढाएको छ । मूलत सम्झौता कार्यान्वय भइसकेको छ । कतिपय विषय कार्यान्वयको प्रक्रियाको क्रममा अगाडि बढेको छ । त्यसैले सरकारले अन्य विषयमा अहिले कोरोनाले देशलाई अफ्ट्यारोमा पुर्याइरहेको बेलामा सबै रोकथाममा केन्द्रीत हुनुपर्ने भएकोले अरु विषयमा छलफल गर्नुपर्ने भए पछाडि छलफल गर्ने गरी बैठकले पनि सरकारले जस्तै अनशन अन्त्य गर्न अनुरोध गरेको छ ।’

मंगलबार नै सरकारकातर्फबाट शिक्षा मन्त्रालयका सचिव गोपीनाथ मैनालीसहित ३ जनाको टोलीले डा.केसीलाई भेटेर अनशन स्थगित गर्न आग्रह गरेका थियो ।
अनसनरत केसीको स्वास्थ्य अवस्थामा बारेमा जानकारी लिन शिक्षा सचिवको टोली मंगलबार शिक्षण अस्पताल पुगेका थिए । सचिव मैनालीले डा.केसीलाई भेटेर सबै माग जायज रहेको र पूरा गर्ने भन्दै उपयुक्त समय नभएकाले अनसन तोड्न आग्रह गरेका थिए । केसीले औपचारिक सहमतिका लागि वार्ता टोली पठाउन सरकारी प्रतिनिधिलाई आग्रह गरेका छन् । डा.केसीले सचिव मैनालीलाई यो कुरा सरकारका प्रवक्ताले नै भनिसकेकोले वार्ता टोली लिएर आएमात्रै सहमति गरेर अनशन तोड्ने बताएका डा. केसीका सहयोगी पृतम सुवेदीले बताए ।


  •  
  •  
  •