डा.केसीको जीवन रक्षा गर्न आयुर्वेद चिकित्सक संघको माग

162
  •  
  •  
  •  

काठमाडौं । नेपाल आयुर्वेद चिकित्सक संघले प्रा.डा.गोविन्द के.सी.को जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ ।

डा. गोविन्द केसी

संघका अध्यक्ष डा.प्रकाश ज्ञवालीले आइतबार एक विज्ञप्ति जारी गर्दै डा. केसीको १९ औं आमरण अनशन २१ दिन पुग्दा समेत सरकारको तर्फबाट कुनै चासो व्यक्त नगरिनु र हाल सम्म वार्ता टोलि समेत गठन नगरिएकोप्रति गम्भिर ध्यानाकर्षण भएको जनाएका छन् ।

विज्ञप्तिमा भनिएको छ,‘ कोरोना महामारीको हालको परिस्थितिलाई ध्यानमा राखि यस संघले आन्दोलन घोषणा नगरी सरकार बाटै समस्या समाधान गरिने छ भन्ने आशा गरेकोमा हाल सम्म कुनै पहल नगरेको प्रति गम्भिर आपत्ति प्रकट गर्दछ ।’

साथै तत्काल वार्ता टोलि गठन गरि वार्ता कै माध्यम बाट समस्या समाधान गरि डा.के.सी.को जीवन रक्षा गर्न संघले जोडदार माग गरेको छ । अन्यथा यस संघ समेत आन्दोलनमा उत्रिन वाध्य हुने समेत विज्ञप्तिमा उल्लेख छ ।

हेर्नुहोस् विज्ञप्ति


  •  
  •  
  •