चिकित्सक संघद्वारा डा.केसीको जीवन रक्षाको माग(विज्ञप्तिसहित)

94
  •  
  •  
  •  

काठमाडौं । नेपाल चिकित्सक संघले डा.गोविन्द के.सीको जीवन रक्षाको माग गरेको छ। संघले डा. केसीको जायज मागलाई सम्बोधन गर्दै जीवन रक्षाको माग गरेको हो।

डा.केसीले जुम्लाको चन्दननाथनगरपालिका–६ रानीचौर स्थित बाबिरामष्ट मन्दिरमा २९ गतेदेखि चिकित्सा शिक्षा र गुणस्तरीय स्वास्थ्य सेवा सुधारको माग गर्दै १९ औं सत्याग्रह सुरु गरेका हुन्।

शुक्रबार संघका महासचिव डा. बद्री रिजाल विप्ज्ञप्ति जारी गर्दै चिकित्सा शिक्षा तथा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहका अभियन्ता डा. के.सी.ले ५ दिनदेखि शुरु गरेको सत्याग्रहलाई नेपाल सरकारले हाल सम्म कुनै चाँसो नदिएको भन्दै ध्यानाकर्षण गरेको नेपाल चिकित्सक संघले जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘गुस्तरीय स्वास्थ्य सेवा र चिकित्सा शिक्षाका लागि गरिएको सत्याग्रह प्रति नेपाल सरकारले गम्भिर रुपमामनन गरी अबिलम्बबार्ताद्वारा जायेज मागहरुको सम्बोधन गर्दै उहाँको जीवन रक्षागर्न नेपाल चिकित्सक संघ जोडदार माग गर्दछ ।’

‘६० बर्ष पुरा गरिसकेका एक जनाचिकित्सकले चिकित्साशिक्षा र गुणस्तरीय स्वास्थ्य सेवामा सर्व साधारण नागरिकहरुको सहजपहुँचकालागिविभिन्नमाग राख्दै पटक पटक सत्याग्रह गर्नु परेको र हालनेपाल सरकारले गरेका सम्झौताहरुको अक्षरस कार्यान्वयन नभएको १९ औं पटकका सत्याग्रहमा होमिन बाध्य भएको समेत विज्ञप्तिमा उल्लेख गरिएको छ।

हेर्नुहोस् विज्ञप्ति


  •  
  •  
  •