डा. केसीको अनशनलाई सयाैंकाे समर्थन, दबाबकाे लागि प्रधानमन्त्रीलाई एसएमएस गर्न आग्रह

185
  •  
  •  
  •  

[box type=”shadow” ]

[/box]

काठमाडौं, १६ चैत (ओएनएस) : विगत ९ देखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीको समर्थनमा सयौं विद्यार्थी, युवा तथा पेशाकर्मी महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पुगेका छन् ।

चिकित्साशास्त्रलाई माफियाहरुबाट मुक्त गर्न तथा केसीको माग पूरा गराउँन दबाबस्वरुप उनीहरु उपस्थित भएका हुन् । सोमबार राजधानीमा परेको वर्षाको पर्वाह नगरी विद्यार्थी तथा पेशाकर्मी स्वस्फूत रुपमा समर्थनमा उपस्थित भएका थिए ।

[box type=”shadow” ]

[/box]

त्यक्रममा उनीहरुले केसीको मागमा सरकारले सुनुवाइ नगरेको भन्दै राज्यलाई मृत घोषित गर्दै एक मिनेट मौन धारणा समेत गरेका थिए । कतिपयले प्रधानमन्त्रीलाई डा. केसीको माग पूरा गर्न दबाब स्वरुप ‘९८४१४०९९२८ नम्बरमा एसएमएस गराै’ लेखिएको प्लेकार्ड बोकेका थिए भने कसैले ‘शिक्षा र स्वास्थ्यमा राजनीति बन्द गर’ लेखिएको प्लेकार्ड देखाएका थिए ।

[box type=”shadow” ]

[/box]

महाराजगञ्जमा उपस्थित भएका सायौ विद्यार्थी तथा पेशाकर्मीले प्रधानमन्त्री निवास बालुवाटारमा धार्ना समेत दिएका छन् । यस्तै, समाजिक सञ्जालमा पनि डा. केसीको समर्थनमा #IamWithDrKc ह्यास ट्यागमा सर्वसाधारणहरुले आफ्ना भनाई ब्यक्त गरिरहेका छन् ।

[box type=”shadow” ]

[/box]

सोमबार नै एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड डा. गोविन्द केसी सोमबार विहान महाराजगञ्जस्थित शिक्षण अस्पतालमा पुगेर आमरण अनशनमा आफ्नो ऐक्यवद्धता जनाएका थिए । डा. केसी अनशन बसेको स्थलमा १० मिनेट बिताएका प्रचण्डले समर्थनमा आगन्तुक पुस्तिकामा समर्थन जानाउँदै लेखेका थिए ।

गुणस्तरीय चिकित्साशास्त्र, सबैको पहुँचमा चिकित्साशास्त्र, नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने, विगतमा गरेका सम्झौताको कार्यान्वयन गर्ने लगायतका १० बुँदै माग राख्दै डा. केसी आमरण अनशनमा बसेका हुन् ।

Gobinda KC (13)


  •  
  •  
  •