डा. केसीको माग सम्बोधन गर्ने जिम्मा दुई मन्त्रीलाई

243
  •  
  •  
  •  

Gobinda KC (13)
अामरण अनशनमा बसेका डा. गोविन्द केसी

काठमाडौं १३ चैत (ओएनएस) : गुणस्तरीय चिकित्साशास्त्र लगायत १० बुँदे माग राख्दै विगत ६ दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीसँग शिक्षा र स्वास्थ्यमन्त्रीले वार्ता गर्ने भएका छन् ।

शुक्रबार बसेको मन्त्रिपरिषदको बैठकले शिक्षामन्त्री चित्रलेखा यादव र स्वास्थ्यमन्त्री खगराज अधिकारीलाई डा. केसीको माग सम्बोधन गर्ने जिम्मा दिएको हो । साथै, दुबै मन्त्रीसहित मुख्यसचिव लिलामणी पौडेलले पनि अनशनस्थलमा पुगि केसीको माग बुझ्ने बताइएको छ ।

पाँचौ पटक गुणस्तरीय चिकित्साशास्त्र, सबैको पहुँचमा चिकित्साशास्त्र, स्रोत र साधान नभएका नयाँ मेडिकल कलेजलाई सम्बन्धन दिन नहुने लगायतका माग राख्दै डा. केसी अनशनमा बसेका हुन् ।


  •  
  •  
  •