बाढीपीडितको माझबाटै सत्याग्रह गर्ने डा. केसीको चेतावनी

143
  •  
  •  
  •  

govinda kc
काठमाडौं, ७ भदौ (ओएनएस) : बाढीपीडितको उपचारका लागि महोत्तरीमा स्वास्थ्य शिविर सञ्चालन गर्ने तयारीमा रहेका डा. गोविन्द्र केसीले सरकारलाई अर्को सत्याग्रहको चेतावनी दिएका छन् ।

११ औं अनसन स्थगन गरेको ९ दिन मात्रै वितेको अवस्थामा महोत्तरी पुगेका डा. केसीले पूर्व सहमती कार्यन्वयन र काठमाडौं कलेजको सम्बन्धन खारेलगायतका माग पूरुा नभए बाढीपीडितकै माझबाटै सत्याग्रह गर्ने चेनावनी दिएका हुन् ।

डा. केसीले सरकारलाई आफ्ना माग पूरा गर्न केही दिनको अल्टिमेटमसमेत दिने तयारी गरेका छन् । डा. केसीले विहीबार सप्तरीको बाढी प्रभावित क्षेत्र कञ्चनपुरमा गएर स्वास्थ्य शिविर सञ्चालन गर्दैछन् ।


  •  
  •  
  •