चिकित्सा शिक्षा विधेयक संसदीय समितिद्वारा पारित

309
  •  
  •  
  •  

samiti_meeting
काठमाडौं, २७ साउन (ओएनएस) : चिकित्सा शिक्षा सुधारको माग गर्दै १९ दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीका माग पूरा गर्न चिकित्सा शिक्षा विधेयक पारित गरिएको छ ।

शुक्रबार डा. केसी पक्ष र सरकारबीच सहमती भएपछि संसदीय समितिले विधेयक पारित गरेको हो । महिला, बालबालिका, जेष्ठ नागरिक तथा समाज कल्याण समितिले पारित गरेको प्रतिवेदनसहितको मस्यौदा अब संसद्मा पेश हुने भएको छ ।

विधेयकअनुसार अब उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाइने भएको छ । आसयपत्र पाएका मेडिकल कलेजलाई भने सम्बन्धन दिने बारेमा अब बन्ने आयोगले निर्णय गर्न सक्नेगरी मध्येमार्गी निकास निकालिएको हो ।

त्यस्तै, विधेयकअनुसार सरकारी मेडिकल कलेजमा ५० प्रतिशत सिट अनिवार्य रुपमा निःशुल्क हुनेछ। अहिले मेडिकल कलेजहरुले आफूखुशी शुल्क असुल्दै आएका छन्। विधेयकमा व्यवस्था गरिएको चिकित्सा शिक्षा आयोगले मेडिकल शिक्षाको शुल्क तय गर्नेछ। आयोगले तोकेको शुल्क तलमाथि गर्ने मेडिकल कलेजलाई खारेज गर्नेसम्मको अधिकार आयोगलाई हुनेछ।

मस्यौदामा ‘नयाँ ऐनअनुसार गठन हुने चिकित्सा शिक्षा आयोगले बनाउने मापदण्ड पूरा गरेमात्र सम्बन्धनका लागि बाधा नपर्ने’ भन्ने वाक्य थप गरिएको छ । समितिका सभापति रञ्जु झाले केसीको माग सम्बोधन हुने गरी विधेयक पारित गरिएको जानकारी दिइन् ।

डा. केसीमो पक्षमा चिकित्स, नागरिक समाज लगायत सडकमा उत्रेपछि सरकारलाई विधेयक पारित गराउन दवाव परेको हो ।


  •  
  •  
  •