डा. केसीको माग पूरा गर्न सरकार तयार, १० वर्षसम्म मेडिकल कलेज खाेल्न बन्देज

220
  •  
  •  
  •  

DR. KC
काठमाडौं, २७ साउन (ओएनएस) : चिकित्सा शिक्षा सुधारको माग गर्दै १९ दिनदेखि आमरण अनशनमा बसेका डा. गोविन्द केसीका माग पूरा गर्न सरकार तयार देखिएको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवासहित दुवै पक्षबीच भएको छलफलमा सरकार डा. केसीका माग पूरा गर्ने सहमती भएको हो । सहमतीअनुसार अब सरकार चिकित्सा शिक्षा विधेयक परिमाजर्नन गर्न तयार भएको छ ।

आजै सरकारले सो विधेयक समितिमार्फत संसदमा प्रस्तुत गर्ने तयारीसमेत गरेको बैठकमा सहभागी माओवादी केन्द्रका नेता नारायाणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा भएकाे सहमतीअनुसार उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाइने भएकाे छ । तर, यसअघि नै आशयपत्र लिइसकेकाहरुको हकमा विधेयकले तोकेको मापदण्ड पुरा गरेमा सम्बन्धन दिन बाधा हुने छैन भन्ने भाषा राख्ने सहमति भएको छ । 

सहमतिपछि अब विधेयक अघि बढे डा. गोविन्द केसीको १९ दिनयताकोे आमरण अनसन तोड्ने तयारी समेत गरिएको छ ।


  •  
  •  
  •