डा. केसीको समर्थनमा चिकित्सक आन्दोलित, देशभरका अस्पतालको बहिरङ्ग सेवा बन्द

282
  •  
  •  
  •  

Dr-Gobinda-KC

काठमाडौँ, २७ साउन (अाेएनएस) : चिकित्सा शिक्षा सुधारकाे माग राख्दै १९ दिनदेखि अामरण अनशनमा बसिरहेका डा. गाेविन्द केसीकाे समर्थननमा सरकारी चिकित्सक सङ्घ (गोदान)ले आज देशभरका सरकारी अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरेको छ ।

केसीको माग सम्बोधनका लागि दबाब दिँदै सङ्घले आज आकस्मिक बाहेकका सेवा बन्द गरेको हो । बिहीबार संघले आकस्मिक बैठक बसेर आजदेखि सम्पूर्ण अस्पतालमा आकस्मिक बाहेकका सेवामा संलग्न नहुने निर्णय गरेको छ ।

सङ्घका अध्यक्ष डा दीपेन्द्र पाण्डेले अस्पतालमा हुने बिरामी र भर्ना भएर बसेका बिरामीको उपचारका लागि अस्पताल परिसरमा आवश्यक पूर्वाधार जुटाएर ओपिडी सेवा उपलब्ध गराउने विज्ञप्तिमार्फत जनाए ।

सङ्घले अस्पताल परिसरमा बहिरङ्ग सेवा बाहिर बसेर सेतो कागजमा लेखी बिरामी हेर्न चिकित्सकलाई अनुरोध गरेको छ । राज्यले विगतमा औपचारिकताका लागि छिटफुट वार्ता गरेपनि डा केसीका माग पूरा गर्न उदासीनता देखाएको सङ्घले आरोप लगाएको छ ।

सङ्घको निर्णयबाट उत्पन्न हुने असहजताको सम्पूर्ण जिम्मेवारी नेपाल सरकारको हुने सङ्घले विज्ञप्तिमा उल्लेख छ ।


  •  
  •  
  •