डा.केसीको अनशनमा बैद्य माओवादीको समर्थन

238
  •  
  •  
  •  

काठमाडौ, १२ चैत(ओएनएस) : गुणस्तरीय चिकित्साशास्त्रको माग गर्दै पाँचौ पटक आमरण अनशन थालेका डा. गोविन्द केसीप्रति मोहन बैद्य नेतृत्वको नेकपा–माओवादीले समर्थन गरेको छ ।

माओवादीले बिहिबार एक विज्ञप्ति निकाल्दै नेपालको स्वास्थ्य शिक्षामा विद्यमान समस्याबारे डा. के.सी.ले नेतृत्व गरेको आन्दोलनको दबाबमा सरकारले गरेका सम्झौता कार्यान्वयन नगरी उल्टो सम्झौता विपरीत निर्णय गरेर सरकारर्ले पुनः आन्दोलनमा उत्रन बाध्य पारेको बताइएको छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘डा.गोविन्द के.सी. नेतृत्वको आन्दोलनको समर्थन गर्दै नेपाल सरकारसँग सम्झौता विपरीतका निर्णयहरु तत्काल खारेज गरी डा.केसी.सित गरेका सम्झौता शीघ्र लागु गर्न माग गर्दछ ।’

अनशन थालेको बिहिबार पाँच दिन पुग्दा केसी बोल्न सक्ने अवस्थामा छैनन् । केसीले चिकित्साशास्त्रमा गुणस्तरीता, सबैको पहुँचमा चिकित्साशास्त्र, विगतमा गरिएका सम्झौता कार्यान्वयन गर्नुपर्ने लगायतका विभिन्न १० माग राखेका छन् ।

Biadhya


  •  
  •  
  •