डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीचको बार्ता निश्कर्षविहीन

292
  •  
  •  
  •  

dr kc
काठमाडौं, १३ साउन (ओएनएस) : चिकित्सा क्षेत्र सुधारको माग गर्दै आमरण अनसन बसेका डा. गोविन्द केसीका प्रतिनिधि र सरकारी प्रतिनिधिको बार्ता आज निश्कर्षविहीन टंगिएको छ ।

डा. केसी अनसनमा बसेको पाँच दिनपछि भएको बार्ताका क्रममा केसीका मागबारे प्रारम्भिक छलफलमात्र भएको छ । वार्तामा सहभागी डाक्टर केसीका प्रतिनिधि वाइपी सिंहका अनुसार शनिबार पुनः वार्ता गर्ने सहमति भएको छ ।

डा. केसी चिकित्सा क्षेत्रको सुधारका लागि विभिन्न मागहरु राख्ने अनसन बस्दै आएका छन् । यस पटक पनि सरकारले जनाएको प्रतिबद्धता पूरा नगरेको भन्दै ११ औं पटक आमरण अनसनमा बसेका हुन् । 


  •  
  •  
  •