डा. केसीको मागबारे वार्ता हुँदै, दबाब दिन गएका विद्यार्थी र प्रहरीबीच झडप

264
  •  
  •  
  •  

काठमाडौं, १८ चैत (ओएनएस) : मेडिकल शिक्षामा माफियाकरण बन्दको माग राख्दै विगत एघार दिनदेखि आमरण अनसनमा बसेका डा. गोविन्द केसी र सरकारी वार्ता टोलीबीच बुधबार फेरि वार्ता हुँदैछ । यसअघि मंगलबार वार्ता भएपनि केसीका सात माग पुरा गर्न तयार भएको तीन माग भने कुरा मिलको थिएन ।

सरकारले मुख्य सचिव लिलामणि पौडेल र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष गोविन्द पोखरेललाई सरकारले वार्ताका लागि पठाउनले निर्णय गरे बमोजिम बुधबार फेरि वार्ता हुन लागेको हो ।

काठमाडाै विश्वविद्यालयले सम्बन्धन दिएका विराट र देवदह मेडिकल कलेजको सम्बन्धन खारेज गर्ने तथा कारबाही माग गरिएका पदाधिकारीको बर्खास्तीका विषयमा छानविन गर्न पुनरावेदन अदालतका पूर्वन्यायाधीशको अध्यक्षतामा अयोग गठन गर्न पनि सरकार तयार भएको तथा माग पूरा गर्न नसकिने तथा बर्खास्ती माग गरिएका पदाधिकारीहरुलाई प्रधानमन्त्री सुशील कोइरालाले तत्कालै सावधानी पत्र पठाउने तयारी भएको छ । यस्तै, सम्बन्धन लिने बेला देखाइएका पूर्वाधारहरु पछि फेला नपरे तत्कालै सम्बन्धन खारेज हुने कानुन बनाउन पनि सरकार तयार भएको छ ।

यता त्रिवि शिक्षणा अस्पताल महाजराञ्जका विद्यार्थीहरुले डा। केसीको माग पूरा गराउन गरेको प्रदर्शनमा झडप भएको छ । अस्पतालबाट नारा जुलस गर्दै उनीहरु बाँसबारीस्थित नेपाल मेडिकल काउन्सिल पुगेर नारावाजी र प्रदर्शन गरेका थिए । विद्यार्थीहरुले काउन्सिलमा तालाबन्दीको प्रयास गरेपछि प्रहरीसँग झडप समेत भएको छ । त्यसक्रममा दुई जना विद्यार्थी घाइते भएका थिए ।


  •  
  •  
  •