सरकारी अस्पताललाई कमजोर पार्न नकारात्मक समाचारः डा.जागेश्वर गौतम

अहिले मिलेर अघि बढौँ, बिमतिको विश्लेषण पछि गरौँला
138
  •  
  •  
  •  

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले सरकारी अस्पताललाई कमजोर पार्न नकारात्मक समाचारहरु आउने गरेको दाबी गरेका छन् ।
उनले सरकारी अस्पताललाई कमजोर पार्दै निजी अस्पताललाई बलियो पार्न सक्रिय समुहको कारण नकारात्मक समाचार आउने गरेको र त्यसको लागि कमिटी गठन गरेर सरकारले छानबिन गर्न लागेको जानकारी दिए ।

गौतमले अहिलेको संकटमा मिलेर अघि बढ्न सबैलाई आग्रह गरेका छन् । अहिले राजनीतिक दलले आफ्ना कार्यकर्ता र मिडियाले आफ्नो आवाज सुन्ने र अक्षर पढ्नेलाई बचाउनुपर्ने र आफू पनि बाँच्नुपर्ने मुख्य आवश्यकता रहेको उनको भनाइ छ । राज्यको लागि हामी कोरोना ११ को टिममा सरकार पक्ष प्रतिपक्ष सिंगो देश कोरोनाको विरुद्धमा लड्नुपर्ने साना तिना विमति भएकाहरुसँग एलाइन्स गर्नुपर्ने हुन्छ ।

आउटलाइन मिडियाको आयोजनामा शुक्रबार गरिएको अन्तक्र्रियामा प्रवक्ता गौतमले भने, ‘अहिले हाम्रो शत्रुसँग लड्न मिलेर अघि बढौँ । हामीबीच भएका बिमतिको विश्लेषण पछि गरौँला ।’ कोरोना संक्रमणको अहिलेको अवस्थाले सबै कुरा खराब मात्र नगरी अवसरको ढोका पनि खोल्ने उनको भनाइ छ । गौतमले होसियारीका साथ अवलम्वन गर्न सक्यो भने जनतालाई प्रविधि र सञ्चारको कुरामा यसले नयाँ ढोकाहरु खोल्न सक्ने आशा रहेको बताए ।

नेपालमा कोरोना संक्रमण शुरु नभएको बेला धेरै नेपालीलाई यो नेपालको समस्या होइन जस्तो लागेकोमा अहिले त्यो कुरा गलत साबित भएको छ । यो कुरा गलत थियो भनेर त्यति बेला देखि नै हामीले भन्दै आएका थियौँ । कोरोनाको उपचार भेन्टिलेटर र आईसीयू हो भन्ने भ्रम रहेको भन्दै उनले भने– कोरोनाको कुनै पनि उपचार विधि पत्ता लागेको छैन रोगले दिएको अप्ठ्यारोमा आईसीयू र भेन्टिलेटर सहयोगी कुरा मात्र हुन् यिनलाई उपचार मान्ने भुल गर्नु हुँदैन ।

नेपालमा कोरोना परीक्षण नहुने गरेकोमा अहिले हुन थाल्नु कोशेढुंगा साबित भएको गौतमले बताए । नेपालमा आईसीयू र भेन्टिलेटर थपिएको र थप्ने क्रम पनि जारी रहेको भन्दै उनले, ‘स्रोत साधन जुटाउन समय लाग्छ । हामीले नेपालमा गरेका कामको पनि सयौँ अनुसन्धान गर्नेवाला छन् र निर्मम तरीकाले हाम्रो मूल्यांकन गर्ने वाला छन् ।’


  •  
  •  
  •