मेडिकल काउन्सिलका अध्यक्ष डा. गौतमले दिए राजीनामा

430
  •  
  •  
  •  

jageswor KCकाठमाडौ,  २२ चैत ‍(ओएनएस)  : नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. जागेश्वर गौतमले पदबाट राजीनामा दिएका छन् । गत कार्तिका २६ गते स्वास्थ्य मन्त्रालयले नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा डा. गौतमलाई नियुक्त गरेको थियो ।

यसअघि डा. गोविन्द केसीले १२ दिनसम्म बसेको आमरण अनशनमा काउन्सिलका अध्यक्षको पनि राजीनामा मागेका थिए । सरकारले राजनीनाको सम्बन्धनमा छानविन गर्न समिति बनाउने निर्णय गरेको थियो भने डा. केसीसँग भएका सम्झौतालाई अनुमोदन समेत गरेको थियो सरकारले डा. केसीसँग सम्झौता गरेको तीन दिनपछि डा. गौतमले राजीनामा दिएका हुन् ।

डा.गौतम परोपकार प्रसुती तथा स्त्री रोग अस्पतालका निर्देशक हुन । यसअघि डा।दामोदर गजुरेलले व्यक्तिगत कारण देखाउदै पदवाट दिएपछि डा।गौतमलाई नियुक्त गरिएको थियो ।


  •  
  •  
  •