डा. गोविन्द केसी जाजरकोटतर्फ

147
  •  
  •  
  •  

काठमाडौं, ७ वैशाख (ओएनएस) :  त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्राध्यापक तथा हाड जोर्नि विशेषज्ञ प्रा. डा. गोविन्द केसी जाजरकोटतर्फ लागेका छन् ।

जाजरकोटमा सिजनल फ्लूका कारण महामारी फैलिएपछि उपचारको लागि डा. केसी त्यसतर्फ लागेका हुन् । स्वास्थकर्मीलाई समेत फ्लूको खतरा हुन सक्ने भन्दै जाजरकोटमा रहेका चिकित्शकहरु फर्किरहेको बेला केसी भने त्यसतर्फ लागेको हुन् ।

उनी सोमबार नेपालगञ्जबाट जाजरकोटतर्फ लागेका हुन् । यसअघि मेडिकल शिक्षामा माफियातन्त्र मौलाएको भन्दै केसी १२ दिन आमरण अनसनमा बसेका थिए । उक्त अनसपछि स्वास्थ्य अवस्था कमजोर भएका केसीले जाजरकोट जाने इच्छा देखाएपनि त्यसतर्फ नजान चिकित्शकहरुले सल्लाह दिएका थिए । तर, उनी चिकित्शकको सल्लाहलाई वेवास्ता गर्दै जाजरकोट लागेका हुन् ।

डा. केसीलाई नेपालगञ्जमा भेटेको भनि प्रकास लामिछानेले दुई वटा ट्वीट गरेका छन् । पहिलो ट्वीटमा डा. केसी जाजरकोट जान लागेको भनी फोटो पोस्ट गरेका छन् भने दोस्रो ट्वीटमा , ‘ डा‍. केसी एक्लै जाजरकोट जान लाग्नुभएको हो। मैले उहाँलाई बाटोमा भेटेको मात्रै हो’  भनी लेखेका छन् ।

डा. केसी प्राकृति प्रकोप भएका स्थानमा पुगी स्वास्थ्योउपचार गर्दै आएका छन् ।  फ्लूबाट अहिलेसम्म २५ जनाको मृत्यु भैसकेको पुष्टि भएको छ । मृत्यु हुनेमा केहिलाई स्वाइन फ्लूको संकमण भेटिएको छ ।

[box type=”shadow” ]

[/box]


  •  
  •  
  •