राष्ट्रपतिका छोरा भन्छन् : प्रत्यक्ष निर्वाचित कार्यकारी क्यान्सर जस्तै !

359
  •  
  •  
  •  

काठमाडौं, २ असार (ओएनएस) । राष्ट्रपति डा रामबरण यादवका छोरा तथा नेपाली कांग्रेसका सभासद् डा चन्द्रमोहन यादवले प्रत्यक्ष निर्वाचित कार्यकारी देशका लागि क्यान्सर सरह हुने बताएका छन् । पेशाले चिकित्सक समेत रहेका उनले प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखलाई प्राण घातक क्यान्सर रोगसँग तुलना गरेका हुन् ।

“क्यान्सर रोग शरीर भीत्रकै सेलको असन्तुलनका कारण फैलिएको हो, शारीरिक नियम विपरित क्यान्सरका सेल बौलाउँदा मानिसको मृत्यु बरण हुन्छ”, यादवले भने, “प्रत्यक्ष चुनावबाट आउने कार्यकारी पनि क्यान्सर सेल जस्तै मोष्ट डेन्जर हुन्छ ।” राज्यका विभिन्न निकायबीच सन्तुलन मिलाउन नसके राज्य सञ्चालन कठिन हुने उनको भनाइ थियो ।

सोमबार संविधानसभामा शासकीय स्वरुप निर्धारण समितिको प्रतिवेदनमाथी धारणा राख्दै डा यादवले नेपालका लागि संसदवाट निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था नै उपयुक्त हुने बताए । प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुखको व्यवस्था उचित नभएको तर्क गर्न यादवले जापानको टोकियोमा रहेको चिडिया घरको उदाहरण दिए ।
‘जापानमा यस्तो एउटा चिडिया घर छ, जस्को एक्जिट प्वाइन्टमा एउटा ठूलो ऐना राखिएको छ, त्यहाँ अगाडी उभिदा देखिन्छ, द मोष्ट डेन्जर एनिमल अफ द वल्र्ड ।’


  •  
  •  
  •