डा. विष्णुमाया परियारलाई ‘ग्लोबल युथ लिडरसिप अवार्ड’

763
  •  
  •  
  •  

अमेरिका । अमेरिकामा क्रियाशील नेपाली सामाजिक अभियन्ता डा. विष्णुमाया परियारलाई ‘ग्लोबल युथ लिडरसिप अवार्ड’ प्रदान गरिएको छ ।

ग्लोबल युथ पार्लियामेण्टले काठमाडौंमा आयोजना गरेको ‘ग्लोबल युथ लिडरसिप समिट २०१९’ मा डा. परियारलाई सम्मान गरिएको हो । डा. परियारलाई पूर्वप्रधानमन्त्री झलनाथ खनालले सम्मान प्रदान गरेका थिए ।

डा. परियार जर्सी सिटीका मेयरका सल्लाहकार हुन् । यस्तै नेपालमा सामाजिक रूपान्तरणको लागि क्रियाशील एडवान संस्थाको संस्थापक अध्यक्ष हुन् ।

सन् १९९८ देखि सुरु भएको उड्वानले महिला र बालबालिकाको क्षेत्रमा काम गर्दै आएको छ ।

अहिलेसम्म सात जिल्लाका ५० हजार महिला स्वालम्बी भएका छन् भने २३ हजारभन्दा बढी गरीब, दलित बालबालिकालाई शिक्षा प्रदान गरेको छ ।


  •  
  •  
  •