डा. भट्टराई भन्छन् : संघीयतालाई थाती राखेर संविधान जारी गरे दुर्भाग्यपूर्ण

205
  •  
  •  
  •  

baburam_bhattaraiबागलुङ, २२ चैत ‍(ओएनएस)  : एमाओवादीका नेता डा.बाबुराम भट्टराईले संघीयतालाई थाती राखेर संविधन जारी गरे दुर्भाग्यपूर्ण हुने बताएका छन् । शनिबार एमाले अध्यक्ष केपी शर्माले ओलीले सत्तारुढ दलको बैठकमा संघीयतालाई थाती राखेर संविधान जारी गर्ने प्रस्ताव राखेपछि भट्टराईले एमाले, काँग्रेसले संघीयतालाई थाँती राखेर संविधान घोषणा गरे दुभाग्य हुने बताएका हुन् ।

बागलुङमा उपनिर्वाचको प्रचार गर्न पुगेका डा. भट्टराईले आइतबार आयोजित पत्रकार सम्मेलनमा संविधान जारी गर्न एमाओवादी सरकारमा जाने पक्षमा नभएको प्रस्टाउँदै संविधानसभाबाट जनमुखी संविधान प्रधानमन्त्री सुशील कोइरालाकै नेतृत्वमा घोषणा गर्नु आफुले शुशिल कोइरालालाई आग्रह गरेको उनले । उहाले एमाले नेता के.पी. ओलीलाई संविधान जारी भएपछि प्रधानमन्त्री बन्न पनि प्रस्ताव राखेको बताए ।

साथै उनले संविधानसभाको अपहरण भएकाले आफुहरु आन्दोलनमा जानु परेको बताए । नेपाली काँग्रेस र एमालेबाट संविधानसभाको अपहरण भएकाले त्यसलाई फर्काउनका लागि आन्दोलन गर्नुभन्दा अर्को विकल्प नभएको भट्टराईले जिकिर गरे । सहमतीको आधारमा संविधान बन्नुपर्छ भन्ने ३० दलीय मोर्चाको मागलाई एमाले काँग्रेसले लत्याएको कारणले दोश्रो चरणको आन्दोलन घोषणा गर्नुपरेको प्रस्ट पारे ।


  •  
  •  
  •