नीति तथा कार्यक्रम ‘खच्चड’ जस्तो  : भट्टराई

281
  •  
  •  
  •  

काठमाडौं, १७ असार (ओएनएस) । एकीकृत माओवादीका नेता डा बावुराम भट्टराइले सरकारको नीति तथा कार्यक्रम भिन्न प्रजातिका प्राणीको समागमवाट जन्मिएको खच्चड जस्तो प्रजनन क्षमता नभएको भनी टिप्पणी गरेका छन् । व्यवस्थापिका संसदमा मंगलबार सुरु भएको सरकारको नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उनले यस्तो बताएका हुन् ।

कार्यक्रम बिचारहीन र दिशाबिहिन रहेको दावीगर्दै उनले कार्यक्रममा देशलाइ अगाडी बढाउने कुनै सोच नभएको जीकिर गरे । ‘नीति तथा कार्यक्रममा गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता जस्ता शव्द समेत छैन’, भट्टराइले भने, ‘यस्तो कार्यक्रमले देश र समाजलाइ दिशानिर्देश गर्न सक्छ ?’ सत्तारुढ दलका नेताहरुले समेत सरकारका नीति तथा कार्यक्रमप्रति मनले एउटा र मुखले एउटा कुरा गरेको उनको दावी छ ।

कार्यक्रममा आर्थिक परनिर्भरता अन्त्य गर्ने कुरा र ठोस योजना नरहेको भट्टराइको टिप्पणी छ । देशमा आएको रेमिट्यान्सको रकम बिलासीताको काममा खर्च हुने गरेकोतर्फ चिन्ता व्यक्तगर्दै उनले एकजना दार्शनिकको भनाइ उदृद्धगर्दै भने, ‘राजतन्त्रको अन्त्य गरिवीका कारण र गणतन्त्रको अन्त्य विलासीताले हुन्छ ।’ युवा स्वरोजगार कार्यक्रमलाइ थप व्यवस्थितगर्दै युवालाइ बिना धितो १० लाख रुपैया ऋण दिने व्यबस्था गर्नु आवश्यक रहेको उनको भनाइ थियो ।


  •  
  •  
  •