‘नवआलोक’हरुको सक्रियता बढ्योः भट्टराई

310
  •  
  •  
  •  

काठमाडौँ, २४ साउन (ओएनएस)  : एकीकृत नेकपा माओवादीका बरिष्ठ नेता डा बाबुराम भट्टराईले पार्टी फेरि ‘नवआलोक’हरुको नकारात्मक सक्रियता बढेको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वटीरमा शनिवार सन्देश लेख्दै भट्टराईले पार्टीभित्रको अन्तरसंघर्षमा ‘नवआलोक’हरुको नकारात्मक सक्रियता बढेको बताएका हुन ।

माओवादीले सशस्त्र संघर्षमा रहेको समयमा पोलिटब्युरो सदस्य यानप्रसाद गौतम ‘आलोक’ लाई कारवाही गरेको थियो । त्यो घटना आलोक प्रबृत्ति भनेर दुबै माओवादी भीत्र चर्चाको बिषय बन्ने गरेको छ ।

आफ्नो पक्षका नेताहरुमाथी गरिएको कार्बाही भएपछि भट्टराईले पुरानो सन्दर्भ कोट्याएका हुन् । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाइ केही नेताहरुले आफ्नो पक्षलाइ कार्बाही गर्न उक्साएको भट्टराई पक्षको विश्लेषण छ ।

पार्टी भित्र देखिएको विबादबारे अध्यक्ष प्रचण्डसंग छलफल गर्नुअघि भट्टराइले आलोक प्रबृत्तिको स्मरण गरेका हुन् ।


  •  
  •  
  •