काठमाडौं, २७ भदौ (ओएनएस) : संवैधानिक संवाद राजनीतिक तथा सहमित समितिका सभापति तथा एमाओवादी नेता बाबुराम भटट्राईले संविधानका विवादित विषयमा सहमतीय विधिबाट टुंगो लगाउनुपर्ने बताएका छन् । संविधानसभाको शुक्रबारको बैठकमा बोल्दै उनले सामान्य विषयमाथि बहुमतका आधारमा टुंगो लगाए पनि संघीयता र शासकीय स्वरुप जस्ता विषयमा सहमति नै गर्नुपर्ने बताए । उनले यी विषयमा सबैको सहमति नजुटाई जारी गरिने संविधानले विग्रहको विउ रोपिने टिप्पणी गरे ।
उनले कार्यतालिकाअनुसार काम गर्न नसकिएको भन्दै आफूलाई मनोवैज्ञानिक त्रास देखाइएको बताए । उनले विभिन्न ३० वटा बुँदामा सहिमति जुटाएको बैठकमा जानकारी गराए । सहमति समितिले संविधानसभामा प्रतिवेदन पेस गरिसकेको छ ।