काठमाडौं, १६ साउन (ओएनएस): संविधानसभा राजनीतिक संवाद समितिका सभापति डा बावुराम भट्टराइले ट्रयाक टू (बैकल्पिक बाटो)बाट संविधानका अन्तर बस्तुमा सहमति जुटाउने प्रयास भइरहेको बताएका छन् ।
संविधानसभा भवन नयाँ बानेश्वरमा आयोजित नियमित पत्रकार सम्मेलनमा नेता डा भट्टराईले अनौपचारिक च्यानल मार्फत विभिन्न दलका नेतासंग वार्ता भइरहेको बताएका हुन् । उनले भदौको तेस्रो हप्ता सम्ममा संविधानका विबादित बिषयमा सहमतिमा पुग्न सकिने बताए ।
पूर्वी पहाडी जिल्लामा संघर्षरत १५ समूहसंग वार्ता गरिएको र आगामी साता तराईमा संघर्षरत सशस्त्र संघर्ष समूहसंग वार्ता गर्ने तयारी भएको भट्टराईले बताए । समग्र तयारीले तोकिएको समय अर्थात माघ ८ मा संविधान जारी हुने भट्टराइको विश्वास थियो ।