नेता, अभिनेता, जीवनशैली र स्वास्थ

1164
  •  
  •  
  •  

कुनै ठूला नेता, अभिनेता, अभिनेत्री, कलाकार, लेखक उच्च रक्तचाप, मुटुको रोगको समस्या भएर अस्पतालमा भर्ना हुन्छन् र अनि समाचार बन्छ ।

डा. अरुणा उप्रेती

तर उनीहरु किन त्यस्तो समस्याबाट पिडित भए, उनीहरुको जीवन शैलीमा के खराबी थियो, उनीहरुले कति चुरोट, रक्सी प्रयोग गर्थे वा कस्तो किसिमको अस्वस्थ्यकार खाना खान्थे, कति तनावमा थिए, कति शारिरीक श्रम गर्थे भन्ने बारेमा कही छलफल हुँदैन ।

पत्रपत्रिकामा आउँदैन तर वास्तवमा मृत्यु र रोग मात्रै समस्या वा खबर नबनेर जीवन शैली सपारेर कसरी स्वस्थ रहन सकिन्छ भन्ने पनि विश्लेषण गरिनु पर्ने होइन र ? ती नेता, अभिनेता, क,लाकारहरुले के गरेको भए स्वास्थ रहन्थे होला भन्ने छलफल गर्नुपर्ने होइन र ?

स्वास्थ मन्त्रालयले सन् २०१३ एक अध्ययन नेपालमा गरेको एक अध्ययन अनुसार नसर्ने रोगहरु बढ्दै गएका छन। एक अध्ययन अनुसार नेपालमा हाल ४२ % मृत्युको कारण नसर्ने रोगहरुबाट र त्यसमा पनि विशेषगरी मुटुको रोग , क्यान्सर , मधुमेह जस्ता भएको पाइएको छ । तर साधारण मानिसहरु भकाभक मर्दा पक्षघात हुँर्दा /मृगौलाका समस्याबाट पिडीत हुँर्दा चाँहि त्यो समाचार बन्दैन ।

खराब जीवन शैली र बढी चिल्लो भएका पत्रु खाना नै यस्ता नसर्ने रोगहरुको प्रमुख कारण भनेर पत्ता लागि सकेको छ र जीवन शैली सुधार्न के गर्नुपर्छ भनेर भन्ने बारेमा विशेषज्ञहरु भन्दै पनि आएका छन् । तर औपचारिक तबरमा त्यस्ता छलफल गर्न र कुनै पनि सरकारी निकायमा रोकथामका लागि संस्थानहरु बनाइएका छैनन् ।

ठूला अस्पतालहरुमा समस्या भएपछि उपचार त गरिन्छ तर तिनै अस्पतालहरुमा जनस्वास्थलाई ध्यानमा जीवन शैली र भोजन सुधार्ने परामर्श दिने कोठा वा विभाग कतै देखिएको छ र ? उपचार मात्रै गरिने तर नसर्ने रोगहरु नहोस् भन्नको लागि उपाय नआए भने त स्वास्थको लागि राखेको स्रोत सबै उपचारमा नै जान्छ ।

यसले गर्दा केही प्राइभेट अस्पतालहरुको कमाइ त पक्कै बढ्छ तर जानकारीको अभावमा पिल्सिएर नसर्ने रोगबाट पीडित हुने गाउँका व्यक्ति वा शहरमा बस्ने गरीब व्यक्ति चाँही उपचारको अभावमा मर्छन् । झन् अहिले त कतिपय युवाहरु पनसर्ने रोगबाट पीडित भएपछि त उनीहरुले श्रम गर्न सक्दैनन् र देश विकासमा नै बाधा पुग्छ ।

सुर्ती र चुरोटको प्रयोग, पत्रु खानाको प्रयोग, बढी बोसो, मैदा भएका पदार्थहरुको प्रयोग, तनाब, योग र हिंडाइको कमी, चिनीको बढी प्रयोग र यसले गर्दा रगतमा नराम्रो खालको बोसो बढी हुनु , उच्च रक्तचाप हुनु, मधुमेह आदिले जनस्वास्थमा निकै ठूलो खतरा निम्ताएको छ ।

बोसो भएका पदार्थ विभिन्न चिसा पेय पदार्थ केक, गुलीयो पदार्थ आदि मुटुका लागि शत्रु नै हुन् भन्ने तथ्य स्वास्थ्यकर्मीहरुले बारम्बार नभनेका पनि होइनन् तर जुन अस्पतालमा हृदयघात भएका,  मोटो भएर उच्च रक्तचाप भएका, मधुमेह भए, अस्पतालमा भर्ना गरेर उपचार गरिन्छ , त्यही अस्पतालको खाजा खाने ठाउँमा केक, चिसो पदार्थ , डुनोट, पत्रु खाना आदि पर्याप्त मात्रामा बेचिन्छन् ।

भित्रपट्टि बिरामी जीवन र मृत्युको संर्घष गरिरहेको हुन्छ, बाहिर पट्टि उनलाई उपचार गर्ने स्वास्थ्यकर्मी वा बिरामीका परिवारहरु त्यस्तै खाना खाँदै बिरामीहरु हुने लाइनमा उभिइरहेका हुन्छन् अर्थात पैसा खर्च गरेर नसर्ने रोगहरु किन्छन् । यो सरकारी र प्राइवेट अस्पतालका दुबैमा देखिन्छ । जब मुटु रोग उपचार गर्ने अस्पताल नै पोषणको बारेमा बिरामीलाई जानकारी दिदैंन भने अरु कसले जानकारी दिन्छन ।
? स्वास्थ मन्त्रालयमा पोषणको बारेमा एउटा विभाग पनि छ तर उसले केबल बालबालिकालाई कसरी कुपोषणबाट बचाउने र कसरी औषधि ख्वाएर कुपोषणको उपचार गर्ने भन्ने कुरामा बढी मात्र काम गर्छ । स्वास्थ नसर्ने रोगहरुबाट बच्न के गर्ने भनेर विशेष कार्यक्रम बन्ने सुरमा छन् पनि होला / स्वास्थ मन्त्रालयले मधुमेह उच्च रक्तचाप आदि समस्याको बारेमा केही साना साना पुस्तिका पनि निकालेको त छ तर नसर्ने रोगहरुलाई जनस्वास्थको प्रमुख मुद्दा हो भनेर न जानकारी दिन कार्यक्रम बनाएको छ , न प्राथमिक स्वास्थ चौकीमा यसको बारेमा ज्ञान दिने कार्यक्रम छ ।

साधारण जनतालाई यस्ता समस्याबाट बचाउनको लागि जानकारी दिनको लागि स्वास्थ मन्त्रालयले कुन चाँही कार्यक्रम ल्याएको छ, जनतालाई थाहा भए उत्तम हुन्थ्यो ।

डा.उप्रेतीको फेसबुकबाट


  •  
  •  
  •