भात खानु भयो ?’ भनेर सोध्नुको अर्थ ‘सन्चो हुनुहुन्छ’ नि ?

351
  •  
  •  
  •  

डा.अरुणा उप्रेती

भलाकुसारी गर्दा ‘भात खानुभयो ?’ भनेर सोधिन्छ । दालमा (प्रोटिनयुक्त) र सब्जी (भिटामिन र मिनिरल्सयुक्त) सबै सँगै खाँदा सेवनले शरीरलाई सञ्चो गर्छ ।

अतः ‘भात खानु भयो ?’ भनेर सोध्नुको अर्थ ‘सन्चो हुनुहुन्छ’ नि, भन्नु हो जर्मनीको ल्युबेक युनिभर्सीटिका प्राध्यापक राँल्फ लुडविजको नेतृत्वमा भारती डा. यास्क गुप्ता र उनका २ जना वैज्ञानिक साथीहरुको समूहले मिलेर गरेको उक्त अनुसन्धानबाट नेपाल र भातरको भान्सामा पाक्ने दाल, भात र तरकारीको परिकारलाई स्वस्थकर रहेको पुष्टि गरेको थियो ।

चारजना विशेषज्ञ वैज्ञानिकहरूले २ वर्षको समय लगाएर गरेको अनुसन्धानमा परम्परागत दाल, भात र पत्रु खानाहरूको तुलनात्मक अनुसन्धानले देखाएको छ, दाल, भात उत्तम खाना हो । । सन् २०१९, सेप्टेम्बर १० मा विश्व प्रसिद्ध बेलायती ‘नेचर जर्नल’मा दाल, भात, रोटी, शब्जी र भान्सामा दैनिक रुपमा प्रयोग गरिने मसलाहरुका बारेमा महत्वपूर्ण अनुसन्धान प्रकाशित भयो ।

दाल भातको सट्टा छोडेर पत्रु परिकारहरु बर्गर, पिज्जा, स्यान्डविच, चाउमिन, चाउचाऊ खाँदा मुटुरोग, मधुमेह रोग हुन्छ भन्नेबारे यस अनुसन्धानमा विशेष चर्चा गरिएको छ मौलिक पकाउने शैली, तरकारीहरुको विविधता, मसलाहरुको औषधीय गुण, ताजा अचार आदिले खाना सन्तुलित एवं दाल– भातलाई रुचिकर बनाउँछ । यसरी पाकेको खानाले शरीरलाई स्वस्थ बनाउँछ ।

स्वस्थ भोजनले मानव शरीरका खरबौं खरब कोषहरुलाई लगातार उर्जा सञ्चार गर्छ । कोष थाक्न दिँदैन फलतः शरीर थाक्न पाउँदैन । यस्तो खान छाडेर मानिसहरु प्रोटिन, क्याल्सियमको चक्की खान्छन् । हिजोआज पोषणको कुरा गर्दा ‘प्रोटिन’ ‘क्याल्सियम’ ‘आइरन’ ‘जिंक’, आदि क्याप्सुलका रुपमा दिए मात्र स्वास्थ्य राम्रो हुन्छ भन्ने भ्रमपूर्ण धारणा छ । अहिलेचाहिँ थालमा भात खाने परम्परागत चलनलाई व्यापारीहरुले थाली भनेर पस्कन्छन् । महंगो पैसा लिन्छन् । अहिले नेपाली खानाको रुपमा सबै भात, दाल, तरकारी, अचार, दही, कढी, पापड हुन्छ । गुन्द्रुक, गोलभेडा र टिमुरको अचार पनि हुन्छ ।

अर्थात वैज्ञानिकरुपमा हेर्दा त्यस व्यञ्नजमा शरीरलाई आवश्यक ‘सूक्ष्म पोषक’ तत्वहरु भरिपूर्ण हुन्छन् । दाल भात मिलाएर खाए पेटमा शोषण पनि राम्रोसँग हुन्छ । चामल सहजरुपमा उपलब्ध नहुने ठाउँहरुमा पनि त्यसको विकल्पमा अन्य अनाज, अन्न र स्थानीयरुपमा फल्ने गेडागुडीलाई दालको परिकार बनाएर खाने गरिन्छ ।

आयुर्वेदको चरक संहिता अध्यााय एकमा आहार चर्चा गरिएको छ जसमा खानाको प्रकृति, पकाउने विधि, मात्रा, ठाउँ, काल (मौसम अनुसारको खानपिन), उपयोग संस्था (भोजन गर्ने बेलाको अनुशासन)बारे पनि लेखिएको छ । ‘कोभिड–को यस बेलामा स्वास्थ्यको झनै ख्याल राख्नुपर्छ ।

रोगसँग लड्ने शक्ति बढाउन भान्छा पाकेको दाल भात सब्जी नास्तामा ताजा फलफूल र खाजामा स्वस्थकर परम्परागत खाना नै खाने गर्नुपर्छ ।

डा.उप्रेतीको फेसबुकबाट साभार


  •  
  •  
  •