अनसनरत डा. केसीसँग वार्ताका लागि समिति गठन

127
  •  
  •  
  •  

काठमाडौं । सरकारले अनशनरत डा.गोविन्द केसीसँग वार्ताका लागि समिति गठन गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव गोपीनाथ मैनालीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरिएको हो ।

डा. गोविन्द केसी

शिक्षामन्त्रीस्तरीय निर्णयबाट सो समिति गठन भएको हो । डा.केसी गत २४ दिनदेखि जुम्लाबाट शुरु गरी हाल त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा अनशनमा रहेका छन् ।
मङ्गलबार सरकारको निर्देशनमा सचिव मैनालीसहितको टोलीले भेटेर अनशन त्याग्न आग्रह गर्दा उनले वार्ता समिति गठन भई आफ्ना माग पूरा गर्नुपर्ने अडान राखेपछि समिति गठन गरिएको हो । समितिमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहसचिव डा गुणराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक दिलीप शर्मा रहेका छन् ।


  •  
  •  
  •