काठमाडौं २ असार (ओएनएस) : निर्वाचन आयोगले उपप्रधानमन्त्रीद्वय वामदेव गौतम र प्रकाशमान सिंहले निर्वाचन आचारसंहिता उल्लंघन गरेको ठहर गरेको छ। आयोगको सोमबार बसेको बैठकले संविधानसभा सदस्य उपनिर्वाचन आचार संहिता २०७१ उल्लंघन गरेको निस्क्र्ष निकालेको हो । ुअसार ८ गते सम्पन्न हुने संविधानसभा सदस्य उपनिर्वाचनको प्रचारप्रसारको सिलसिलामा पदीइ मर्यादा उल्लंघन गरेको आयोगको ठहर छ । आयोगले गौतमलाई सचेत गराउने र सिंहसँग २४ घन्टे स्पष्टीकरण माग्ने निर्णय पनि गरेको प्रवक्ता महेश्वर न्यौपानेले जानकारी दिए ।
आयोगले उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमलाई त्यसरी टाँस गरिएका पोष्टरहरु तुरुन्त हटाउन लगाई अब आइन्दा आचारसंहिताको प्रतिकूल हुने गरी कुनै किसिमको कामकारबाही नगर्न नगराउन सचेत गराउने र त्यसको जानकारी सरकारलाई गराउने निर्णय गरेको हो। गौतमले बद्रीयामा एमाले उम्मेदवारलाई विजयी गराउन आफ्नो तस्बिर सहितको पोष्टर टाँसेको र सिंहले जेठ ३१ गते पेप्सीकोला नजिकको फुटबल मैदानमा आयोजित चुनावी सभामा कांग्रैसका उम्मेदवारको पक्षमा मत मागेको आयोगले बताएको छ। चुनावी सभामा उपप्रधानमन्त्रीको हैसियतमा सहभागी हुनुभएको हो होइन,हो भने प्रचलित कानून बमोजिम कारबाही किन नगर्ने ? भनी सिंहसँग २४ घण्टाको म्याद दिई स्पष्टीकरण सोध्ने निर्णय गरेको प्रवक्ता न्यौपानेले बताए।