धनगढी प्रिमियर लिग : सिवाइसी अत्तरियाको विजयी यात्रा सुरु

258
  •  
  •  
  •  

काठमाडौं, १८ चैत (ओएनएस) : कैलालीमा जारी धनगढी प्रिमियर लिग क्रिकेटमा सिवाइसी अत्तरियाले विजयी सुरुवात गरेको छ । रुपन्देही च्यालेन्जर्सले दिएको ६२ रनको लक्ष्य अत्तरियाले मात्र १ विकेट गुमाएर ७ ओभर ३ बलमा भेट्टायो । अत्तरियालाई जिताउन गौरब चित्काराले नटआउट ३० र प्रेम तामाङले नटआउट १४ रन बनाए ।

कप्तान सुवास खकुरेलले १९ रनको योगदान गरे । टस जितेर पहिले ब्याटिङ गरेको रुपन्देही १६ औं ओभरमा मात्र ६१ रनमा अलआउट भयो । रुपन्देहीका लागि सुफियान मेहमुदले २० रन बनाउनुबाहेक अरु कसैले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

जवाफी ब्याटिङ गरेको अत्तरियाले आइतबारको दोश्रो खेलमा पारस खड्काको कप्तानीमा रहेको विराटनगर किंग्स र विनोद भण्डारी नेतृत्वको महेन्द्रनगर युनाइटेड खेल्नेछन् । खेल दिउँसो १ बजेपछि सुरु हुनेछ ।


  •  
  •  
  •