काठमाडौं गोल्डेन्स डीपीएलको फाइनल यात्रामा

236
  •  
  •  
  •  

काठमाडौं, २९ चैत (अाेएनएस) : धनगढी प्रिमियर लिग(डिपीएल)को फाईनल यात्रा काठमाडौं गोल्डेन्सले तय गरेको छ । महेन्द्रनगर युनाईटेडलाई पाँच विकेटले पराजित गर्दै काठमाडौंले डीपीएलको फाईनल यात्रा तय गरेको हाे ।

महेन्द्रनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ४२ रन बनाएको थियो । निकै खराव सुरुवात गरेको महेन्द्रनगरले १० रन बनाउँदा ६ विकेट गुमाएको थियो ।

काठमाडौं गोल्डेन्सले १८ ओभर दुई बलमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । काठमाडौंका ओपनर सुबोध भाटीले विस्फोटक ब्याटिङ गर्दैै १८ बलमा ५२ रन बनाए । जारी प्रतियोगितामा कम बलमा अर्धशतक पुरा गर्ने भाटी पहिलो खेलाडी हुन् । भोलि फाइनलमा टिम चौराहा धनगढी र काठमाडौं गोल्डेन्स् भिड्ने छन् ।


  •  
  •  
  •