डिपिएल : खेल नभएपछि महेन्द्रनगर र काठमाडौँले अंक बाँडे

290
  •  
  •  
  •  

काठमाडौं, २५ चैत (अाेएनएस) : रुस्लान धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगिता अन्तर्गत आज हुने भनिएको महेन्द्रनगर युनाइटेड र काठमाडौँं गोल्डेन्सबीचको खेल वर्षाका कारण रद्द भएको अायाेजकले जनाएकाे छ ।

बिहान परेको पानीका कारण संघीय प्रहरी एकाइ कार्यालय धनगढीको मैदान हिलाम्य भएपछि महेन्द्रनगर र काठमाडौँबीचको लिगको अन्तिम खेल स्थगन गरिएको अम्पायर  महेश बोहराले जानकारी दिए । खेल स्थगित भएसँगै दुवै टोलीले एक एक अंक बाँडेका छन् ।

काठमाडौँको नौ अंक भएको छ । काठमाडौँ लिगको पहिलो स्थानमा छ । महेन्द्रनगर युनाइटेडको अंक ६ भएको छ ।
शनिबार महेन्द्रनगर र सिवाइसी अत्तरियाबीचको खेलसमेत वर्षाका कारण रद्द भएको थियो । दुवैले एक एक अंक बाँडेका थिए । काठमाडौँ र महेन्द्रनगर प्रतियोगिताको प्ले अफमा पुगिसकेका छन् ।

अर्को खेल आज विराटनगर किंग्स र सिवाइसी अत्तरियाबीच हुनेछ । विजेता टोली प्ले अफमा पुग्नेछ ।  मैदान पानीले भिजेका कारण शनिबार चौराह धनगढी र रुपन्देही च्यालेन्जर्सबीचको खेल आठ ओभरमा सीमित गरिएको थियो ।


  •  
  •  
  •