डिपिएल : काठमाडौंमाथि जित हात पार्दै धनगढी फाइनल स्थानमा

293
  •  
  •  
  •  

धनगढी टिम चौराहाले धनगढी प्रिमियर लिग(डिपिएल)मा काठमाडौंमाथि राेमाञ्चक जित हात पार्दै धनगढी फाइनल स्थानमा पुग्न सफल भएकाे छ।

धनगढी टिम चौराहाले धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेटको फाइनलमा स्थान बनाएको हाे। मंगलबार भएको पहिलो क्वालिफायरमा काठमाडौं गोल्डेन्समाथि १ विकेटको रोमाञ्चक जित निकाल्दै धनगढीले फाइनलमा स्थान पक्का गरेको हो।

हारका बावजुद काठमाडौंले दोस्रो क्वालिफायरमा मौका पाउनेछ। एलिमिनेटरमा मंगलबार दिउँसो सिवाइसी अत्तरिया र महेन्द्रनगर युनाइटेडबीच खेल हुँदैछ। जित हात पार्ने टिमले काठमाडौं गोल्डेन्ससँग भिड्नेछ।

दोस्रो क्वालिफायरको विजेता र धनगढीबीच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ।

काठमाडौंले दिएको १ सय २८ रनको लक्ष्य धनगढीले १ बल बाँकी छदा ९ विकेटको क्षतिमा पार गरेको हो।

 

 


  •  
  •  
  •