डीपीएल : अाज अत्तरिया र काठमाडौं तथा विराटनगर र रुपन्देही भिड्दै

236
  •  
  •  
  •  

काठमाडौं, २१ चैत (ओएनएस) : धनगढी प्रिमियर लिग (डीपीएल)मा अाज दुई खेल हुँदैछन् । जसमा पहिलो खेलमा विराटनगर किङ्स र रुपन्देही च्यालेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ भने अर्को खेलमा सीवाइसी अत्तरिया र काठमाडौं गोल्डेन्सबीच खेल हुने अायाेजकले जनाएकाे छ।

डीपीएलमा खराब सुरुवात गरेको काठमाडौं बुधबार रुपन्देहीलाई हराउँदै हराउनै पर्ने लक्ष्य मैदानमा उत्रन लागेकाे छ । पहिलो खेलमा महेन्द्रनगरसँग ३३ रनले पराजित भएको विराटनगरको प्रतियोगितामा दोस्रो खेल हो । यता रुपन्देहीको यो लिगमा तेस्रो खेल हुनेछ । यसअघि दुई खेल खेलेको रुपन्देही दुवैमा पराजित भएको छ ।

यो खेलमा पनि रुपन्देही पराजित भएमा उसलाई प्लेअफमा पुग्ने सम्भावना न्यून हुनेछ । रुपन्देही पहिलो खेलमा अत्तरीयासँग ९ विकेटले पराजित भएको थियो भने अर्को खेलमा काठमाडौं गोल्डेन्ससँग ६३ रनले हार्नपुग्यो ।

अर्को खेलमा लिगको शीर्ष स्थानमा रहेको काठमाडौंले अत्तरियासँग खेल्नेछ ।


  •  
  •  
  •