पारस खड्काको कप्तानीमा रहेको विराटनगर किंग्स महेन्द्रनगर युनाइटेडसँग पराजित

397
  •  
  •  
  •  

कैलाली, १८ चैत (ओएनएस): कैलालीको धनगढीमा जारि धनगढी प्रिमियर क्रिकेट लिगमा पारस खड्काको कप्तानीमा रहेको विराटनगर किंग्स महेन्द्रनगर युनाइटेडसँग ३३ रनले पराजित भएको छ।

टस जितेर पहिले ब्याटिङ रोजेको महेन्द्रनगरले २० ओभरमा आफ्ना पाँच विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो। महेन्द्रनगरको लागि पुनित मेहेराले सर्वाधिक १८ बलमा तिन छक्का र २ चौकाको मद्दतले ३८ रन बनाएका थिए भने कप्तान बसन्त रेग्मीले ३५ रनको योगदान दिएका थिए। यस्तै पुनित विष्टले २४ रन बनाएका थिए। अरिफ शेख र हरिशंकर शाहाले क्रमश २० र १९ रन बनाएका थिए।

विराटनगरका लागि मञ्जित श्रेष्ठले २ विकेट लिए भने पारस खड्का र शुभम कामतले समान एक–एक विकेट लिएका थिए।

१ सय ६९ रनको लक्षका साथ मैदानमा उत्रेको विराटनगर १९ ओभरमा १ सय ३५ रन जोड्दै अलआउट हुन पुग्यो। विराटनगरले सुरुवात भने राम्रो गरेको थियो। तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका हङकङका बाबार हायातले विष्फोटक पारि खेले पनि जितको लागि प्रयाप्त हुन सकेन। उनेल मात्र १० बलमा ४ छक्का र २ चौकाको मद्दतले ३२ रन बनाएर आउट भएका थिए। यस्तै पृथु बास्कोटाले ३५ रन बनाए भने अनिल कुमार शाहाले २३ रन बनाएका थिए। कप्तान पारस खड््काले १६ रनमै आउट हुन पुगे भने दिलिप नाथले १० रन बनाएका थिए भने अन्य ब्याट्म्यानले दोहोरो अंक बनाउन सकेनन्।

विराटनगरलाई सस्तैमै समेट्नको लागि अभिनास कर्णले तिन विकेट लिए भने भुवन कार्कि, पुनित महेरा र रोविन क्षेत्रीले समान २–२ विकेट लिएका थिए। यस्तै हरिशंकर शाहाले एक विकेट लिन सफल भए।


  •  
  •  
  •