डिपिएलः साेमपाल कामीकाे कप्तानीमा रहेकाे धनगढी टिम चौराहा ८ विकेटले विजयी

309
  •  
  •  
  •  

धनगढी, २० (अाेएनएस): कैलालीकाे धनगढीमा धनगढी प्रिमियर लिग डिपिएल क्रिकेट प्रतियोगिताको आज भएको खेलमा धनगढी टिम चौराहाले जित हासिल गरेको छ।

मङगलबार दिउसो भएको खेलमा धनगढी टिम चौराहाले महेन्द्रजगर युनाइटेडलाई ८ विकेटले पराजित गरेको हो। टिम चौराहाले आफुले खेलका तिन खेलमा दुई जित र एक हारको नतिजा निकालेको छ। सोमबारको खेलमा सिवाइसी अत्तरियालाई ३ विकेटले पराजित गरेको टिम चौराहाले आफ्नो पहिलो खेलमा भने काठमाडौँसँग पराजित भएको थियो।

धनगढि टिम चौराहाले टस जितेर बलिङ रोजेपछि ब्याटिङमा उत्रेको महेन्द्रनगरले निर्धारित २० ओभरमा आफ्नो ८ विकेट गुमाउँदै १ सय ३१ रन बनाएको थियो। महेन्द्रनगरका लागि पुनित महेराले ४०, भुवन कार्कीले ३२ र पनित विष्टले २४ रन बनाए भने अन्य ब्याट्म्यानले उल्लेख्य ब्याटिङ गर्न सकेनन्।

महेन्द्रनगरलाई सस्तैमै समेट्को लागि ललितसिँह भण्डारीले ४ विकेट लिए भने कप्तान सोमपाल कामी र सम्सद शेखले समान एक–एक विकेट लिन सफल भए।

१ सय ३२ रनको लक्ष्यका साथ मैदानमा उत्रेको धनगढी टिम चौराहाले आक्रमक ब्याटिङ गरेको थियो। उसले आफ्नो लक्ष्य १८ ओभरमा २ विकेटको गुमाउँदै पुरा गर्याे। धनगढीका लागि सुनील धमलाले नटआउट ४६ रनको पारी खेले भने सोनु तामाङ पनि १५ रनमा नटआउट रहे। यस्तै युएईका खेलाडीद्वय रोहान मुस्ताफाले ३९ रन र अस्फाक अहमेदले ३० रन बनाएर आउट भएका थिए। बलिङतर्फ भने महेन्द्रनगरका अभिनास कर्ण र पुनित मेहराले समान एक–एक विकेट लिएका थिए।


  •  
  •  
  •