डीपीएलः काठमाडौंको लगातार दोस्रो जित

206
  •  
  •  
  •  

gyanendra mallaकैलाली, ३० चैत (ओएनएस) : धनगढी प्रिमियर लिग क्रिकेट (डीपीएल) अन्तर्गत बुधबारको खेलमा काठमाडौं गोल्डेन्सले विराटनगर किङ्सलाई ८६ रनले पराजित गरेको छ। 

जितसँगै काठमाडौं अंक तालिकामा ४ अंक पुरा गरेको छ।

सेती अञ्चल प्रहरी क्रिकेट मैदानमा टस जितेर पहिले व्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७३ रन बनायो।

काठमाडौंका लागि सुमित महर्जनले २७ बलमा अविजित ४४ रन बनाए, भने सोमपाल कामीले २० बलमा ३९ रन बनाए। यस्तै, बसन्त रेग्मीले २४ बलमा ३० रन, सुभेन्दु पाण्डेले २५ बलमा २७ रन र नरेश वुढाऐरले २२ बलमा १३ रन बनाए।

विराटनगरका लागि शरद भेषावकरले २ विकेट लिए । सुशील कँडेल र सन्दीप लामिछानेले १/ १ विकेट लिए।

१ सय ७४ रनको लक्ष्य पछ्याएको विराटनगर किंग्स ८७ रन बनाउदा १९ औँ ओभरमा अलआउट भयो। विराटनगरका लागि दीपेन्द्रसिंह ऐरीले २४ बलमा ३१ रन कप्तान शरद भेषावकरले १६ बलमा १३ रन बनाए।

काठमाडौंका सन्तोष भट्टले ३, भुवन कार्की र बसन्त रेग्मीले २/२ तथा मञ्जित श्रेष्ठ र सोमपाल कामीले १/१ विकेट लिए। खेलको वेल्स क्याफे म्यान अफ द म्याच समेत वनेका सुमित महर्जनले नगद १० हजार हात पारे।


  •  
  •  
  •