बस नियन्त्रणमा लिएर २८ गैर मुस्लिमको गोली हानी हत्या

473
  •  
  •  
  •  

dozens-killed-in-kenya-bus-attackकाठमाडौ, ७ मंसिर(एजेन्सी) : अल शबावका आतंकवादीहरूले केन्याको उत्तरी भागमा एक यात्रु बसलाई नियन्त्रणमा लिएर उक्त बसमा सवार २८ गैर मुस्लिमहरूको हत्या गरेका छन् । अल शबावका आतंकवादीहरुले गैर मुस्लिमहरूलाई छानी छानी हत्या गरेको त्यहाँको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार राजधानी नैरोबी आइरहेको बसलाई आतंकवादीहरूले शहरभन्दा करिब ५० किलोमिटर टाढा मन्देरा कस्बेबाट नियन्त्रणमा लिएका थिए । यसपछि उक्त बसमा सवार गैर मुस्लिम यात्रीहरूलाई छुट्टाएर उनीहरूको गोली हानी हत्या गरेका थिए ।

प्रमुख प्रहरी अधिकारीले घटनाको बारेमा प्रहरी अधिकारीहरुलाई समेत सञ्चारमाध्यममा जानकारी नदिन निर्देशन दिएको बताइएको छ । सोमालियामा अक्टुबर २०११ मा सैनिक पठाइएपछि केन्या त्यहाँको आतंकी संगठन अल शवाबको निशानामा रहेको छ । यस घटनाका साथै देशमा कयौ पटक गोलीप्रहार र बम हमलाको घटना भइरहेका छन् ।

अधिकारीहरूका अनुसार, अल शवाबले सन् २०११ देखि अहिलेसम्म वेस्ट गेट मल हमलासहित १ सय ३५ आतंकी हमला गरिसकेको छ । वेस्टगेट हमलामा ६० भन्दा बढि मानिस मारिएका थिए । अल शवाबलाई अलकायदासँग जोडिएको संगठन समेत मानिन्छ ।


  •  
  •  
  •  

Comments are closed.