दाइजो नल्याएको भन्दै पतिले जिउँदै जलाए

239
  •  
  •  
  •  

नेपालगञ्ज, २३ वैशाख : मोटरसाइकल र भैंसी दाइजो नल्याएको भन्दै बाँकेकी एक गर्भवती महिलालाई उनकै पतिले जलाएर मार्ने प्रयास गरेका छन्।
शरीरको तल्लो भाग पुरै जलेकी लक्ष्मणपुर ८ मियापुरवाकी रिहाना सेख ढफालीलाई दुई दिन घरमै राखेर उपचार बहानामा भारत बहराइच पुर्‍याएर घटना गुपचुप पारिएको थियो।
चैत ३ को घटना डेढ महिनापछि आइतबार मात्र सार्वजनिक भएको हो ।
रिहानाको कम्मरमुनिको भाग पूरै जलेको छ। तल्लो भाग चल्दैन। घाउ पाकेर पिप र रगत बग्न थालेको छ। उनलाई सोमबार विभिन्न संघसंस्थाको सहयोगमा उपचारका लागि काठमाडौं पठाइएको छ।
छोरी भेट्न बहराइच पुगेका रिहानाका पिता हिरमिनिया  ८ अपहरपुरवाका मोहम्मद समिम सेख ढपालीले वैशाख ८ गते नै गम्भीर घाइते छोरीलाई नेपालगञ्ज ल्याएर भेरी अञ्चल अस्पताल भर्ना गरेका थिए।
उपचारमा आर्थिक अभाव भएपछि उनले आइतबार इन्सेक क्षेत्रीय कार्यालय, नेपालगञ्जमा सहयोगको याचना मागेका थिए। त्यसपछि मात्र घटना सार्वजनिक भएको हो।
नागरिक दैनिकबाट

  •  
  •  
  •