दुई खुट्टा बिना १ सय मिटरको दूरी २ मिनेटमा पुरा

288
  •  
  •  
  •  

काठमाडौ, ११ साउन(एजेन्सी): केन्याकी अपाङ्ग महिला पौडिवाज एन वाकूका केही दिन यता निकै चर्चामा छिन् । उनले कमनवेल्थ प्रतियोगितामा १ सय मिटरको दूरी २ मिनेट ४.०३ सेकेण्डमा पूरा गरेपछि उनी चर्चाको शिखरमा छिन् ।

wackukaवाकुकाको दुवै खुट्टा छैनन्, उनी एस-८ क्टागोरीकी खेलाडी हुन् । वाकूकाले २ मिनेटमा नै १ सय मिटरको दूरी पार गरेपछि उनले सबैबाट वाहीवाही पाएकी छिन् । उक्त प्रतियोगितामा उनले कुनै पनि पदक जित्न सकिनन् तर धेरैको मन भने जित्न सफल भइन् ।

प्यारा-एथलेटिकमा एस-८ क्याटागोरी ती प्रतियोगीहरूको लागी हो आफ्नो दुई या एक हात नभएका हुन्छन् । खेलाडी जसको खुट्टाका जोर्नीमा गम्भीर समसस्या हुन्छ, उनीहरू पनि यही समूहमा पर्छन् ।

उक्त प्रतियोगितामा सेरेब्रल पल्सीबाट ग्रसित अष्ट्रेलियाकी म्याडिसन इलियटले १ मिनेट ५.३२ सेकेण्डमा रेस पुरा गरेर स्वर्ण पदक जितेकी हुन्, वाकूकाले भने उक्त दूरी २ मिनेट ४.०३ सेकेण्डमा पुरा गरेकी थिइन् । अन्य प्रतियोगीहरूले दूरी पूरा गरेपछि जब वाकूका पानीमा नै तैरिरहिन्, त्यतिबेला उक्त ठाऊँमा रहेका सबै दर्शक उठेर उनकालागि ताली बजाएका थिए ।


  •  
  •  
  •