दोस्रो पटक सिंगापुरबाटै ‘टेलिप्रिजेन्स’ प्रविधिमार्फत छलफल

226
  •  
  •  
  •  

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मन्त्रिपरिषद्का सदस्यसँग सिंगापुरबाट ‘टेलिप्रिजेन्स’ प्रविधिमार्फत छलफल गरेका छन् ।

मंगलबार दिउँसो करिव एकघन्टा उनले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा रहेका मन्त्रीहरुसँग छलफल गरेका हुन् ।

छलफलमा प्रधानमन्त्री ओलीले सरकारका कामको बारेमा जानकारी लिएका थिए ।  राजनीतिक सल्लाहकार विष्णु रिमालले ट्विटमार्फत छलफलमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थापनि राम्रो रहेको जानकारी गराएका बताएका छन् ।

यसअघि भिडियो कन्फरेन्समार्फत मन्त्रीपरिषद बैठक राखेको भन्दै प्रधानमन्त्री ओलीको आलोचना भएको थियो ।
सरकारका प्रवक्ताले भने मन्त्रीपरिषद बैठक नबसेको प्रतिक्रिया दिएका थिए ।

उपचारका लागी सिंगापुर गएका प्रधानमन्त्री ओली शुक्रबार स्वदेश फर्कदैछन् । सिंगापुरमा उनको प्लाज्मा फेरेसिस प्रक्रियाबाट एण्टीबडीको मात्रा घटाउन उपचार भइरहेको छ ।

यस्तै प्रधानमन्त्री ओलीलाई भेट्न नेकपाका महासचिव विष्णु पौडेल मंगलबार त्यसतर्फ प्रस्थान गरेका छन् ।


  •  
  •  
  •