‘दोर्दी खोला जलविद्युत आयोजनाले एकलौटी रिपोर्ट बनायो’

444
  •  
  •  
  •  

लमजुङ । लमजुङमा निर्माणाधीन २७ मेगावाटको दोर्दी खोला जलविद्युत आयोजनाले एकलौटी फिल्ड रिपोर्ट बनाएको पीडित पक्षले आरोप लगाएका छन् ।

प्रर्वद्धक कम्पनी ‘हिमाल पावर पाटनर’रहेको जलविद्युत आयोजनाले अधिग्रहण गरेको जग्गाको क्षेत्रफल निकालेर पीडितको मिचिएको जग्गा देखाउन एकलौटी फिल्ड रिपोर्ट बनाएको आरोप लागेको हो ।

नापी विभागबाट खटिएका अमिन सुरेस भण्डारीले पीडितको जग्गा नापेर विवाद समाधान भयो भन्दै एकलौटी फिल्ड रिपोर्ट बनाएको पीडित पक्षले बताएका छन् ।

आयोजनाका पक्ष र वडाध्यक्षले जसोजसो भन्यो सोहि बमोजिम नापेर एकलौटी रिपोर्ट बनाएको पीडित पक्षले आरोप लगाएका छन् ।

पीडित पक्षले केही दिन पहिले प्रमुख जिल्ला अधिकारी लक्ष्मण बहादुर खड्का समक्ष आफुहरुको समस्या समाधानका लागि पहल गरिदन भन्दै आग्रह गरेका थिए ।

सोही बमोजिम प्रमुख जिल्ला अधिकारीको अनुमति लिएर नापीका अमिन आयोजनास्थल पुगेका थिए ।
तर आयोजनाको जग्गा नाप्नु पर्ने ठाउँमा पीडित जग्गा नापेर विवाद सकियो भनेर हिँडेको पीडित पक्षले बताएका छन् ।
जग्गा मिचिएका एक पीडितले भने, ‘हामीले हाम्रो अधिग्रहण नगरेको जग्गासहित पूरै क्षेत्रफल खोजेका थियौँ । तर, त्यसो भएन । ठ्याक्कै उल्टो भयो । जनप्रतिनिधिले पनि आयोजनातिरै कुरा ताने । दोर्दी गाउँपालिकाका अध्यक्षले पनि कुरै नबुझि उनीहरुले बनाएको कागजमा हस्ताक्षर गरे । तर, हामीले गरेका छैनौँ । हामी उसै परे अदालती प्रक्रियामा जान्छौँ ।’

बेसीशहर नगरपालिका ११ का वडाध्यक्ष अच्युतबाबु बगाले विवाद मिलिसक्यो अब काम रोक्न पाइँदैन भन्दै जबरजस्ती गरेर हिँडेको पीडितले बताएका छन् ।

आफ्नो जग्गा नाप्न ल्याइएका अमिनले हाम्रो जग्गा नापेर गयो, एक पीडितले भने, ‘हामीले काठमाडौंबाट ल्याएको अमिनले डिजिटल प्रविधिबाट नाप्दा दुई दाजु भाइको साढे ३ आना जग्गा मिचिएको देखिएको थियो । अहिले आएको सरकारी अमिनले मेरै जग्गा नापेर त्यतिकै तपाईको जग्गा पुग्यो भनेर हिँड्यो ।’

४२ सालमा गरिएको नापीपछि दोर्दी खोलाले थुप्रै जग्गा कटान गरेको छ । तर, अहिले आएर आफुहरुले अधिग्रहणका लागि दिएको भन्दा बढी जग्गा हाईड्रोले मिचेको पीडितको भनाई छ ।
पीडितले यसअघि समस्या समाधानका लागि माग राख्दै आयोजना बन्द गर्नुका साथै राष्ट्रिय मानव अधिकार आयोगलाई ध्यानाकर्षण पत्र बुझाएका थिए ।

यो पनि हेर्नुहोस्

दोर्दी खोला जलविद्युत आयोजनाको काम ठप्प

दोर्दी खोला जलविद्युत आयोजनाको कार्यालय घेराउ

‘मस्र्याङ्दी कोरिडोर’ प्रभावितद्वारा आयोगलाई ध्यानाकर्षण

समस्या समाधानका लागि प्रजिअलाई ध्यानाकर्षण

 


  •  
  •  
  •