‘घाम नलागी मर्निङ वाक नजाऊँ’

497
  •  
  •  
  •  

morning walkकाठमाडौं २८ मंसिर ।  चिसो वृद्धिसँगै फोक्सो, मुटु तथा रक्तनलीसम्बन्धी समस्या बढ्ने जनाउ दिँदै चिकित्सकले घाम नलागी ज्यादा चिसोमा मर्निङ वाक गर्नु घातकसिद्ध हुने बताएका छन्।

चिसो अवस्था मृत्युको कारणसमेत बन्ने भन्दै उनीहरुले सावधानी अपनाउन सुझाएका हुन्।

चिकित्सकका अनुसार न्यानो लुगा र आगो ताप्न नपाउँदा हाइपोथर्मिया, मुटु फेल हुने, हृदयघात, मस्तिष्कघात र उच्च रक्तचापजस्ता समस्या बढ्छ। मनमोहन कार्डियोथोरासिक ट्रान्सप्लान्ट एवं भास्कुलर सेन्टरका मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलले चिसोमा मुटु र रक्तनलीसम्बन्धी रोगको जोखिम र मृत्युको घटना निकै बढ्ने बताए।

‘सामान्यतया २४ घन्टामा हार्ट–एट्याक्टका एक जना आउनेमा गत २४ घन्टामा मात्रै तीन जना बिरामी आए,’ डा. अनिलले भने।

चिकित्सकहरुका अनुसार खासगरी चिसोका कारण बल्डक्लटिङ फ्याक्टर (रगत जम्ने समस्य) बढ्छ। डा.अनिलले उच्च कोलेस्टोरल, उच्चरक्तचाप बढ्ने हुन्छु। डा.अनिलका अनुसार नर्मल रक्तचाप भएकाहरुमा पनि यो मौसमा तलमाथि ५ बढिरहेको छ। उनले केही छैन भनेर बस्नुभन्दा रक्तचाप नियममित जाँच्न सुझाब दिए।

‘चिसो बढ्दा रगतमा फ्रिब्रिनोजेन, फ्याक्टर सेभेन, सिपिआर, कोलेस्टोरलजस्ता तत्व बढ्छ,’ उनले भने, ‘जसका कारण रगतका नशा खुम्चिन्छ र यस्तो समस्या बढ्छ।’ संसारभर गर्मीभन्दा बढी मृत्यु जाडोको सिजनमा हुने चिकित्सक बताउँछन्। यस्तो समयमा युवाहरुमा हार्ट–एट्याक्टको जोखिम बढी हुन्छ। ‘हिजो हार्ट–एट्याक्ट भएर आएकामा ३४ वर्षे महिला र ३६ वर्षका पुरुष थिए,’ उनले थपे।

जाडो महिनामा फोक्सोको संक्रमण पनि बढ्छ। वायुमण्डलमा चिसो हुनाले बढी दिनसम्म किटाणु बच्ने हुँदा दमका रोग र श्वासप्रश्वासको समस्या निको हुन गाह्रो हुन्छ। वृद्धवृद्धामा प्राकृतिक रुपमै जाडो सहने क्षमता कमजोर हुनाले पनि चिसोसम्बन्धी रोग बढ्छ। उनले वृद्ध, उच्च रक्तचाप भएका र कोलेस्टोरल भएकालाई बिहान चिसोमा नहिँड्न र हिँडे पनि चिसोको पूरै प्रोटेक्सन गरेर हिँड्न सुझाव दिए।

त्यसैगरी, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले पनि देशभर चिसोका कारण देखिने सामान्यदेखि गम्भीर खालका बिरामीको संख्या बढ्दै गएको भन्दै स्वास्थ्य अधिकारीले सतर्क रहन आग्रह गरेका छन्।

चिकित्सकले यस्तो अवस्थामा रोगप्रतिरोध क्षमतासमेत घट्ने बताएका छन्। चिसोबाट बालबालिका, अशक्त, दीर्घरोगी, दमका बिरामी, गरिब र सडकमा बस्ने बढी जोखिममा हुन्छन्। चिकित्सकले चिसोबाट बच्ने तातो बस्ने, तरल कुरा प्रशस्त पिउनेजस्ता सावधानी अपनाउन सुझाव दिएका छन्। नागरिकबाट


  •  
  •  
  •