पीटीएमा शंका नगर्न अर्थमन्त्रीको आग्रह

75
  •  
  •  
  •  

काठमाडौं ११ भदौ (ओएनएस) ः अर्थमन्त्री डा. रामशरण महतले विद्युत व्यापार सम्झौता (पीटीए) का विषयमा आशंका नगर्न निजी क्षेत्रलाई आग्रह गरेका छन् । बुधवार नेपाल उद्योग वाणिज्य महासंघले राजधानिमा आयोजना गरेको अन्तक्रिया कार्यक्रममा उनले भारतसँग हुने भनिएको पीटीएका लागि पुरा तयारी गरिएकोले यसमा आशंका नगर्न निजी क्षेत्रलाई आग्रह गरेका हुन् । साथै उनले यस विषयमा जनमत तयार गर्न निजी क्षेत्रको ठूलो भुमिकमा हुने बताए ।

सो अवसरमो चालु आर्थिक वर्षको बजेट नीजि क्षेत्रमुखी भएको अर्थमन्त्री महतले बताए । साथै बजेटले साना तथा मझौला सवै किसिमका उद्योगहरुलाई संवोधन गरेको दावी गरे । उनले निजी क्षेत्रको समस्या समाधानका लागि सरकार सदैव तयार रहेको बताए । ‘साना तथा ठूला सवै उद्योग स्थापनालाई प्रोत्साहन दिन सरकारी बजेटमा धेरै इन्सेन्टिभ प्याकेज दिइएको छ’ उनले भने ।
सो अवसरमा महासंघका अध्यक्ष प्रदिपजंग पाण्डेले बजेटले नेपालको अर्थतन्त्रमा देखिएको चुनौतीलाई सम्वोधन गरेको गुनासो गरे ।


  •  
  •  
  •