सावधन ! सुर्ती–चुरोट बोकेर कार्यालय नजानुहोस

329
  •  
  •  
  •  

गोरखा, ९ भदौ : सुर्तीजन्यवस्तुको सेवन नियन्त्रण गर्न गोरखामा कडा निर्णय गरिएको छ । अब गोरखास्थित स्वास्थ्य संस्थामा कसैले पनि सुर्ती, चुरोटजस्ता सुर्तीजन्यवस्तु बोकेर जान पाउने छैन । जिल्ला स्वास्थ्य कार्यालय गोरखाले चुरोट, सुर्र्ती खल्तीमा राखेर हिँड्ने र सेवन गर्ने कर्मचारीमाथि निगरानी राख्न थालेको छ । tobaco

सुर्तीजन्य पदार्थको सेवनलाई पूर्णरुपमा न्यूनीकरण गर्ने उद्देश्यले स्वास्थ्य कार्यालयले यस्तो अभियान थालेको जनाएको छ । कार्यालय समयभित्र चुरोट, सुर्र्ती खाएको थाहा पाएमा, कुनै कर्मचारीको खल्तीमा सुर्र्ती, चुरोट छ भन्ने लागेमा स्वास्थ्य सहायक नवराज खड्काले जुनसुकै बेला पनि कर्मचारीलाई खानतलासी गर्ने बताइएको छ ।

स्वास्थ्य कार्यालयको जिल्लास्तरीय समीक्षा गोष्ठीमा सहभागी भएका जिल्लाभरका आठ स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीले पनि चुरोट, सुर्र्ती बुझाएको कार्यालयका प्रमुख विश्वराम श्रेष्ठले बताए ।


  •  
  •  
  •