दाता सम्मेलनको तयारी र देखिएको विवादबारे छलफल गरिँदै

58
  •  
  •  
  •  

काठमाडौ, ६ असार(ओएनएस)  : राष्ट्रिय विपत व्यवस्थापन अनुगमन तथा निर्देशन विशेष समितिको बैठक आज बस्दैछ ।

उक्त बैठकमा दाता सम्मेलनको तयारी र देखिएको विवादबारे छलफल हुने बताइएको छ । आज दिउँसो ४ बजे बस्ने बैठकमा अर्थमन्त्री र परराष्ट्रमन्त्रीलाई पनि बोलाइएको छ । मन्त्रीद्धयसँग दाता सम्मेलनको तयारीका सम्बन्धमा छलफल गरिने संसद सचिवालयले जनाएको छ ।

यही असार १० मा हुन लागेको दाता सम्मेलनको तयारी, प्रस्तुत गरिने खाका, अतिथि निमन्त्रणलगायतको विषयमा परराष्ट्र र अर्थमन्त्रालयबीच विवाद देखिएकाले दुई मन्त्रीलाई एकै पटक बोलाएर छलफल गर्न लागेको सचिवालयले जनाएको छ ।


  •  
  •  
  •