दाता सम्मेलनको तयारीका विषयमा सरकारले छलफल गर्दै

116
  •  
  •  
  •  

काठमाडौ, ७ असार(ओएनएस) : दाता सम्मेलनको तयारीका विषयमा सरकारले छलफल गर्ने भएको छ । चार दिन बाँकी रहेका बेला सरकारले दाता सम्मेलनको तयारीका विषयमा छलफल गर्न लागेको हो ।

छलफलमा सम्मेलन गर्ने स्थान, अतिथिहरुको व्यवस्थापन लगायतका विषयमा छलफल हुनेछ । परराष्ट्र मन्त्रालयले सरकारका सबै सचिवहरुसँग छलफल गर्ने तयारी गरेको छ । नयाँ लगानीकर्ताका रूपमा अस्ट्रिया, न्युजिल्यान्ड, ब्राजिललगायतका देशलाई पनि निमन्त्रणा गरिएको छ ।

एसियाली विकास बैंकले विद्यालय निर्माणका लागि दुई सय मिलियन डलर दिने भएको छ । कतिपय सरकारी तथा गैरसरकारी संस्थालगायतले विद्यालय, स्वास्थ्य चौकी बनाउने प्रस्ताव शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र सहरी विकास मन्त्रालयमार्फत गरेका छन् । भारत र चीनका गरि ६५ देशका नागरिक सहभागी हुनेछ ।


  •  
  •  
  •