गुन्डानाइकेका वकिल को-को ?

300
  •  
  •  
  •  

काठमाडौं २९ साउन।
देशका कुख्यात डनका कानुनी सल्लाहकार पनि नाम चलेकै वलिक छन् । गत २१ साउनमा गुन्डागर्दीका नाइके दिनेश अधिकारी चरीको इन्काउन्टर घटनाको चर्चित अधिवक्ताद्धय शम्भु थापा र टीकाराम भट्टराईले सार्वजनिक रुपमा विरोध गरे ।
प्रहरीले सुरु गरेको गुन्डागर्दीविरुद्धको अक्रामण अभियानविरुद्ध उनीहरुले राय राखे । सम्पत्ति सुद्धीकरण अनुसन्धानको मुद्धा परेका गुन्डागर्दीका ५ नाइकेको कानुनी सल्लाहकारमा पनि नाम चलेका वकिल छन् । गणेश लामाको मुद्धा चर्चित अधिवक्ता शेरबहादुर केसीले हेर्दे आएका छन् ।
उनीसहित योगेन्द्रबहादुर अधिकारी र नरबहादुर योगी लामाका वकिल हुन् । त्यस्तै अभिषेक गिरीको गणेश केसी र योगेन्द्रबहादुर अधिकारी र सुवास द्धिवेदी छन् । गिरीका वकिल गणेश केसी अपहरण केसमा समेत मुछिएका छन् । काठमाडौं खानेपानी लिमिटेडका कर्मचारी अच्यूतप्रसाद रेग्मीको अपरहणमा उनी मुछिएका हुन् ।
त्यस्तै पर्शुराम बस्नेतको कानुनी सल्लाहकारमा नेपाल बार एसोसिएशनका अध्यक्ष हरिकृष्ण कार्की छन् । कार्की सहित टीकाराम भट्टराई, हरिश्चन्द्र सुवेदी र नारायण देवकोटा बस्नेतका वकिल हुन् । चक्रेको कानुनी सल्लाहकारमा डेमोक्रेटिक लर्यस एसोसिएशनका अध्यक्ष गोपालकृष्ण श्रेष्ठ छन् । दीपक मनाङगेको वकिलमा टीकाराम भट्टराई सहित एगराज पोखरेल, ऋषिराम घिमिरे, ईश्वर अधिकारी , श्रीराम दवाडी, गोलकुल भण्डारी तथा सीताराम अधिकारी छन् ।
नयाँपत्रिका


  •  
  •  
  •