बाहुन डनलाई १५ वर्ष कैदको माग गर्दै मुद्धा

81
  •  
  •  
  •  

काठमाडौं १५ साउन (ओएनएस) :  गुन्डागर्दीका नाइके रमेश बाहुन भनिने सुजन पौडेलविरुद्ध प्रहरीले १५ वर्ष कैद सजाय माग गरी मुद्धा दायर गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले जिल्ला सहकारी वकिलको कार्यालय मार्फत बुधबार लागू औषध मुद्दा दायर गरेको हो । बाहुन गत ११ असारमा २८.४ ग्राम खैरो हेरोइन र पेस्तोल सहित पक्राउ परेका थिए । लागुऔषध नियन्त्रण ऐन २०३३ को दफा १४ को ६ को २ अनुसार उनीविरुद्ध मुद्धा दायर गरिएको छ । २५ ग्रामदेखि सय ग्राम खैरो हेरोइन बरामद भएमा १५ वर्षसम्म कैद सजाय हुने लागुऔषध नियन्त्रण ऐनमा उल्लेख छ ।

लागुऔषध मुद्दामा अभियुक्तलाई ९० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने अधिकार प्रहरीलाई हुन्छ । तर बाहुनको मुद्दा प्रहरीले ४५ दिनमै बुझाएको छ । एमाले नेताहरुको निर्देशनमा काठमाडौं प्रहरी प्रमुख एसएसपी उत्तम काकीृले छिन्टै मुद्दा बुझाएको स्रोतको दाबी छ ।

एमाले कार्यकर्ता समेत रहेका बाहुन पार्टीमा ठूला नेताहरुसँग राम्रो सम्बन्ध भएका व्यक्ति हुन् । सोही कारण उनको मुद्दा छिट्टै बुझाइएको प्रहरी बताउँछ । नेपाली सेनाका भगौडा बाहुनले एक दशकदेखि गुन्डागर्दी र जवर्जस्ती असुली धन्दा चलाउँदै आएका थिए । उनीमाथि लागेका मुद्दाहरु अहिले पनि अदालतमा विचाराधीन छन् । नयाँपत्रिकाबाट


  •  
  •  
  •