डोल्पाको अमूल्य तीन हजार रुपैयाँ

153
  •  
  •  
  •  

म बाह्र कक्षाको पढाई सकेर ब्याचलर  पढ्न विदेश जाने चाँजोपाँजो मिलाउँदै थिए। म आफ्नै धुनमा धेरै कुराहरुको सपना देख्दै दिनहरु बिताइरहेको थिए ।

मिलिपा थापा

काम पनि मेरो खासै केहि थिएन। म कहिले विदेश जान पाउँछु  होला, अनि यदि विदेश जान मिलेन भने म के गर्ने होला भन्दै कहिले काहिँ चिन्ता अनि कहिले काहिँ चाहिँ आशा बोक्दै बस्दै, दिनहरु बिताउदै  थिए।  एक दिन मेरो साथी मेरो लागि एक चुनौति बोकेर घर आयो। ऊ सँगै उस्को अर्को साथी पनि साथै लिएर आएको थियो। नयाँ साथीलाई एक्लो महसुस नहोस् भनेर मैले दुवै जनालाई मिल्ने गरि गफ गर्दै थिए।

उनी, नयाँ साथी डोल्पा जिल्लाबाट काठमाडौँ पढ्न आएकी रहेछिन्। बाह्र कक्षाको Accountancy बिषय दुई वर्षदेखि पास गर्न उनलाइ निकै नै गार्हो भई रहेको रहेछ। डोल्पामा उनको बुवा शिक्षक अनि उनीहरु त्यस ठाउँमा निकै नै मान्य-गुन्य परिवारबाट, त्यसैले आफ्नो बुवाको इज्जत धान्नलाई मात्र पनि उनलाई बाह्र पास गर्नु नै थियो।  अनि फेरि बाह्र पास भएको दिन उनैको बुवाले पढाउने स्कुलमा उन्को २० हजारको जागिर पनि निश्चित थियो रे।

उनीले मलाई गरेको पहिलो सम्बोधन नै “मिस” भनेर बोलाएकि थिइन्। मैले उनलाई मेरै नामबाट बोलाउनु, त्यहि नै सजिलो हुन्छ भने तर उनलाई मेरो नामबाट बोलाउन अप्ठेरो लाग्यो रे। एउटा आग्रह गर्न आएको भन्दै उनीले भनिन्, “मिस, मैले कति ठाउँमा ट्युसन् पढी सके तर कहिले पास हुँदिन ।

मलाई यति पास गराईदिनु पर्यो हजुरले” ।  उन्को कुरा सुनेर मलाई जवाफ फर्काउनै आएन।  मैले फेरी कहिले पनि कोसैलाई पढाएको छैन अनि यदि उनी फेरी पनि पास भइनन् भने त्यो कुराले मलाई सधैँ भरि नरमाइलो हुन्छ कि जस्तो लग्यो।  अनि मैले उनलाई भने, “मैले पढाउने काम पहिले कहिल्यै पनि गरेको छैन। मलाई अलि डर लागेको छ , के गर्ने ?” उनी पुरै निर्धक्क भएर भन्दै थिइन्, “यो मेरो अन्तिम पल्टको कोसिस हुने छ। म पास हुन सकिन भने त्यो हजुरको दोष हुने छैन। हजुर ढुक्क हुनुहोस्, मिस। “

उनकाे बोलि एकदम नै मिठो। मैले त्यसपछि नाइँ भन्न पनि सकिन। उन्को एक चुनौतीलाइ मेरो पनि आफ्नै चुनौती सम्झेर अंगाल्छु भनि मलाई पनि एउटा छुट्टै उर्जा आयो। अर्को दिनबाट नै उनी हरेक बेलुकि मेरो घर आउन थालिन्। जब हामी दुवै जनाले एक अर्कालाई चिन्दै गयौ, उनी पढ्न भन्दा धेरै गफ गर्न रुचाउथिइन्।

आफ्नो गाउँ घर अनि उनको शाही परिवारको बारेमा धेरै कुराहारू सुनाउथिन्। यार्सा गुम्बा टिप्न जाँदाको दुखहरु, रमाइलो कहानीहरु अनि उन्को साथीहरुको बारेमा धेरै कुराहरु गर्थिन्। हामीले गफ गरेर धेरै समय बिताउथ्यौ तर पढ्ने बेलामा भने  मैले उन्को लागि एउटा नियम बनाएको थिय । मैले जति सिकाउछु त्यति चाहिँ उन्ले जसरि पनि सिकेकै हुनुपर्थयो।

उनले मैले भने जस्तै जति सिकाउछु त्यति मात्र नै सिक्दै गइन्। परिक्षा आउनु भन्दा एक महिना अगाढी हामीहरु एक अर्काबाट बिदाई भयौ।  जाँदा जाँदै उनले मलाई तिन हजार रुपैंया हातमा राख्दिइन्। मैले कति बिन्ति गरे यो पैसा दिएर मलाई टाढाको नबनाऊ भनि तर उनले  मानिन्। उन्को बुवाले डोल्पाबाट पठाएको तिन हजार रुपैंया मेरो लागि निकै नै अमुल्य चिज भएको थियो र सधैँ भरि मेरो लागि अमुल्य नै रही रहने छ।

केहि महिना पछि उन्को फोन आयो। “मिस म पास भएँ है। ” त्यो दिनको मेरो खुसीको सिमा र हर्षको आँसु त म यहाँ बर्णन् गर्नै सक्दिन। केहि समय पछि  मेरो पनि बंगलादेश जाने कुराको टुंगो भयो। अनि उन्को तीन हजारले मलाई मन पर्ने लुगाहरु किने।


  •  
  •  
  •