काभ्रेकी डोल्मा तामाङको यूएईमा उपचारका क्रममा निधन

692
  •  
  •  
  •  

काठमाडौं, ३ पुस(ओएनएस) : यूएईस्थित आबुधाबीको फ्यासिलिटी म्यानेजमेन्ट कम्पनीमा कार्यरत एक नेपाली महिलाको ज्यान गएको छ ।

काभ्रेको देउराली ३ दमराकी डोल्मा तामाङको उपचारका क्रममा सोमबार निधन भएको हो । उनी उक्त कम्पनीमा पाँच वर्ष पहिलेदेखि कार्यरत थिइन् ।

 

पत्थरीको समस्या भएर औषधी खाइरहेकी डोल्मा दुई साता अघि आबुधाबिक क्लिभलेन्ड क्लिनिक अस्पतालमा भर्ना भएकी थिइन् ।
डोल्माको मस्तिष्कमा समस्या देखिएपछि सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो ।
अस्पताल भर्ना भएको दुई दिनपछि अर्ध चेत अवस्थामा रहेकी डोल्माको मस्तिष्क पक्षघात भई ज्यान गएको अस्पतालले जनाएको छ । डोल्माले कम्पनीको भिसा रद्द गरेर सधैँका लागि नेपाल फर्किन कम्पनीमा निवेदन समेत दिएकी कम्पनीले जनाएको छ ।
डोल्माको उपचारका लागि कम्पनीले नै रेखदेख गर्न भन्दै नेपाली दूतावासको समन्वयमा नेपालबाट डोल्माका श्रीमान पञ्च तामाङ तथा कान्छो बुवाको छोरा सेवार तामाङलाई यूएई झिकाएरको थियो । मृतक डोल्माको १२ वर्षका छोरा छन् ।


  •  
  •  
  •